IME Life New

नेपाल लाइफले विविध कार्यक्रम गरी भव्य रुपमा मनायो २२औं बार्षिकोत्सव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २२ वर्ष पूरा गरी २३ औँ वर्षमा प्रवेश गरेको छ । २०५८ साल बैशाख २१ गते स्थापित यस कम्पनीले आज विभिन्न कार्यक्रमहरु गरेर आफ्नो वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्पूर्ण ग्राहक महानुभावहरुले गरेको विश्वास, कम्पनीको मेरुदण्डका रूपमा रहनुभएका बीमा अभिकर्ताहरु, मार्गनिर्देशन प्रदान गर्नेे संचालक पदाधिकारीहरु, आरोह अवरोहमा सदैव साथ दिने कर्मचारीहरु, माया, स्नेह प्रदान गर्नुहुने शेयरधनी महानुभावहरु, नेपाल बीमा प्राधिकरण, अन्य नियामक निकायहरुका साथसाथै यस २२ वर्षको अवधिमा सहयोग गरी नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीको रूपमा स्थापित गर्न अतुलनिय भूमिका खेल्ने सबै सरोकारवालाहरुमा धन्यवाद ज्ञापन गरे ।

साथै, उनले आगामी दिनहरुमा कम्पनीलाई थप सशक्त बनाउनका निम्ति नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरुको सेवाको गुणस्तरियतालाई थप प्रभावकारी बनाउन कम्पनीले समय सुहाँउदो योजना ल्याउने बताए । यसका साथै सम्पूर्ण सरोकारवालाहरुको अपेक्षालाई पूरा गर्न कम्पनी दत्त चित्त भएर लागि पर्ने कुरा व्यक्त गरे ।

Esewa
Crest

२२ वर्ष पूरा गरी २३ वर्षमा प्रवेश गरेको सुखद अवसरमा कम्पनीले सातवटै प्रदेशबाट रक्तदान कार्यक्रम संचालन गरेको छ । उत्त कार्यक्रम मार्फत कोशी प्रदेशको विर्तामोडमा ५६, मधेश प्रदेशको बिरगंजमा १६, बागमती प्रदेशको नारायणघाटमा ३९ र काठमाडौँमा ४१, गण्डकी प्रदेशको पोखरामा ५६, लुम्बिनी प्रदेशको बुटवलमा २५, कर्णाली प्रदेशको सुर्खेतमा ३२ र सुदूरपश्चिमकोे महेन्द्रनगरमा ४५ गरी कुल ३१० पिन्ट रगत संकलन गरिएको छ ।

“किनकि जीवन अमुल्य” छ भन्ने मुल नारालाई आत्मसाथ गर्दै २२ वर्ष देखी नेपालीहरुको घर दैलोमा जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा प्रवाह गर्दै आएको नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २०८० चैत मसान्त सम्ममा लगानी रु. १६२.२८ अर्व रुपैयाँ रहेको छ भने जीवन बीमा कोष करिव १५८ अर्व रुपैयाँ संचित रहेको छ । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना करिब १ सय ९२ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS