IME Life New

नेपाल लाइफले बोनसदर घटाउन लागेको भन्दै अभिकर्ताहरु विरोधमा, समितिलाई गराए ध्यानाकर्षण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पेशागत बिमा अभिकर्ता संघ केन्द्रिय संघर्ष समितिले नेपाल लाइफले बीमितले पाउने बोनसदर घटाउने चलखेल गरेको भन्दै यस्तो कार्य तत्काल रोक्ने अनुरोध सहित बीमा समितिमा ज्ञापनपत्र बुझाएका छन् । देशैभरिबाट आन्दोलित २ सय पचपन्न जना अभिकर्ताको हस्ताक्षर सहित बीमा समितिको कार्यालयमा पुगी अध्यक्ष सूर्य प्रसाद सिलवाललाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

Esewa
Crest

बिगत ६ महिनादेखी आन्दोलनरत नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरुले कम्पनीले बीमित र अभिकर्ताको हित बिपरित काम गर्दै गएपछी आफ्नो रोजिरोटी जोगियोस र बिमितको बोनश बिगत २०७६/२०७७ को जस्तै यथावत होस भनी बीमा समिती पुगेका हुन् ।

हाल नेपाल लाइफले बीमितलाई न्युनतम प्रतिहजार ६५ रुपैयाँ बोनश दिइरहेको छ । उक्त दर घटदा बीमा बजारीकरणमा प्रत्यक्ष असर पर्ने अभिकर्ताहरुको तर्क छ । बोनस  घटाउने भन्दा बढाउनेतिर जोड लिनुपर्ने भन्दै उनीहरुले समितिलाई सुझाव दिएका हुन् । उनीहरुले समितिका अध्यक्ष सिलवाल र कार्यकारी निर्देशक राजुरमण पौडेललाई कम्पनीले अभिकर्तालाई गरेको हेपाहा प्रवृत्तिको बारेमा जानकारी समेत गराएका थिए ।
ज्ञापनपत्र बुज्दै बीमा समिती अध्यक्ष सिलवालले अभिकर्ताले गरेका माग जायज रहेकाले बीमित र अभिकर्ताको पक्षमा सकारात्मक रहेको बताए ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बोनसदर घटाएर बीमा समितिमा पेस गरेको सुइको पाएपछी संघर्ष समितिको पहलमा कम्पनीको बोनसमा भएको चलखेल रोक्न ध्यानाकर्षणका लागि बीमा समिती पुगेको संघर्ष समितिका संयोजक गणेश अधिकारीले जानकारी दिए । कम्पनीको बोनश कुनै पनि हालतमा घटनु नहुने भन्दै अधिकारीले यदि घट्यो भने आन्दोलन गर्ने चेतावनी दिएका छन् । कम्पनीले बीमित र अभिकर्ता माथि गरेको लापरबाहीको विरुद्धमा बीमा समितिमा आउनु परेको भन्दै आक्रोश पोखे ।

यस्तै पेशागत बीमा अभिकर्ता संघ बीमक समिती नेपाल लाइफका काठमाडौ शाखा अध्यक्ष राजु शर्माले बीमा समिति सकारात्मक हुँदा पनि नेपाल लाइफको सञ्चालक समिति नै बोनस  घटाउने दाउमा रहेको दावी गरे । शर्माले जति बोनश बढ्यो त्यति नै बीमितको संख्या बढ्ने र जति बीमित बढ्छन् त्यति नै बीमा व्यवसाय राम्रो हुने भन्दै बोनसदर नघटाउन अनुरोध गरेका छन् ।

बीमक समिती केन्द्रले बिगत सात वर्ष यता केन्द्रिय अधिबेशन गर्न सकेको छैन भने संघले आर्थिक पारदर्शिता पनि देखाउन सकेको छैन । साथै संघले शाखा समितिमा जाने रकम पनि पठाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS