IME Life New

नेपाल लाइफको व्यतित बीमालेख नविकरणमा ब्याज छुट आजसम्म पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुट कोयोजना सार्वजनिक गरेको छ । यस योजना मार्फत छुट लिने आज अन्तिम दिन रहेको छ । कम्पनीले जारी गरेको बीमालेख अन्तर्गत १८० वा सोभन्दा बढी समयदेखि व्यपतत भई पुनर्जागरण तोकिएको प्रक्रिया पुरा गर्नुपर्ने गरी व्यतित भएका बीमालेखहरुमा जेठ १० गतेदेखि असार २२ गतेसम्म ब्यतित भएका बीमालेखहरु रकम भुक्तानी गरी सुचारु गरेमा बीमालेख नविकरण शूल्कमा लाग्ने व्याजमा छुट प्रदान गरिएको जनाएको छ ।

निर्धारित मितिमा शुल्क तिर्नु बुझाउनुपर्नेमा बिमितहरुले उक्त शुल्क नतिरी व्यतित गरेकाहरुमध्ये २ बर्षसम्म व्यतित भएका बीमालेखको हकमा ३० प्रतिशत र ३ बर्ष देखि ५ वर्षसम्म व्यतित भएका बीमालेखको हकमा २५ प्रतिशत र पाँच वर्षभन्दा माथि व्यतित भएका बीमालेखमा १० प्रतिशत ब्याज छुट दिने कम्पनीले जनाएको छ । यसरी व्यतित भएका बीमालेखहरुमा ३० हजारभन्दा बढी छुट नहुने कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS