IME Life New

नेपाल लाइफको करिब सवा ५ लाख कित्ता शेयर बिक्री गर्दै प्रुडेन्सियल क्यापिटल, न्यूनतम मूल्य कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीले आफ्नो स्वामित्वमा रहेको नेपाल लाइफ इन्स्योरेन्सको करिब सवा ५ लाख कित्ता शेयर आज पुस ११ गतेबाट बिक्रीमा राखेको छ।

कम्पनीले नेपाल लाइफको ५ लाख २३ हजार ११२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो। यो शेयरमा संस्थापक शेयरधनीका साथै जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्।

Esewa
Crest

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३२५ रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले खरिद आवेदन दिँदा तोकिएको मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताले न्यूनतम १० हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतमा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको काठमाडौं थापाथलीस्थित कार्यालयमा पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति पुस १९ गतेसम्म तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS