IME Life New

नेपाल बैंकका ग्राहकले मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा डाटा शुल्क नलाग्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैंकले आफ्ना ग्राहकलाई बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा डाटा शुल्क नलाग्ने व्यवस्था गरेको छ । नेपाल बैंकमा खाता भएका र नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्ने ग्राहकले यो सुविधा पाउने गरी असार १ गते नेपाल बैंक र नेपाल टेलिकमविच सम्झौता भएको हो ।

सम्झौतामा नेपाल टेलिकमका चिफ कमर्सियल अफिसर श्री संगीता पहाडी र नेपाल बैंक लिमिटेडका चिफ फाईनान्स अफिसर होम बहादुर खड्काले हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

नेपाल बैंक प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलको रोहबरमा नेपाल टेलिकमको केन्द्रीय कार्यालय काठमाण्डौमा भएको कार्यक्रममा नेपाल बैंक लिमिटेड मार्केटिङ्ग तथा रिर्सच डिभिजन प्रमुख अर्जुन बहादुर कंडेल, कार्ड तथा डिजिटल डिभिजन प्रमुख संजिब जोशी, नेपाल टेलिकमका उपप्रबन्धकहरु खगेन्द्र बहादुर श्रेष्ठ र रंजित लोहिया पनि उपस्थिति रहेको थियो ।

विगत केहि बर्ष यता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत नेपाल राज्यभर बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS