IME Life New

नेपाल फाइनान्सको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले ७० प्रतिशत हकप्रद शेयर निष्काशन प्रयोजनका लागि बैशाख २१ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा बैशाख २० गतेसम्म कायम शेयरधनीहरुले कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्ने भएता पनि बैशाख २० गते ईदको सार्वजनिक विदा भई शेयर कारोबार नहुने भएकोले आज अन्तिम दिन रहेको हो ।

कम्पनीले १० बराबर ७ को अनुपातमा प्रतिशेयर १ सय रुपैयाँ अंकित दरको ३४ करोड ५४ लाख ४७ हजार ४२८ बराबरको ३४ लाख ५४ हजार ४७४ दशमलव २८ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई उक्त बराबरको हकप्रद निष्काशनका लागि गत चैत ८ गते स्वीकृति दिएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS