IME Life New

निफ्राको नाफा अर्ब माथि पुग्न सफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। निफ्राले गत आर्थिक वर्ष ७८/७९ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफामा २२ प्रतिशत माथिको वृद्धि देखिएको छ । आर्थिक वर्ष ७७/७८ मा ८३ करोड ७४ लाख नाफा कमाएको कम्पनीले अहिले १ अर्ब २ करोड खुद नाफा कमाएको छ ।

प्रमुख आम्दानीको श्रोतको रुपमा रहेको खुद व्याज आम्दानी ४१ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ८८ करोड पुगेको छ भने संचालन मुनाफा २३ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ४६ करोड पुगेको छ।

Esewa
Crest

२१ अर्ब ६० करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा १ अर्ब ७३ करोड रहेको छ।  जगेडा कोष समिक्षा अवधिमा २७ प्रतिशतले कम भएको छ।

प्रकाशित तथ्यांक अनुसार कम्पनीको प्रति शेयर आम्दानी ४ रुपैयाँ ७५ पैसा र किताबी मूल्य १०८ रुपैयाँ ०४ पैसा छ। कम्पनीले ४३ करोड ८० लाख निक्षेप संकलन गरेकोमा  १५ अर्ब ५३ करोड कर्जा प्रवाह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS