IME Life New

निप्स नवलपुर च्याप्टरद्वारा रक्तदान कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी (निप्स) नवलपुर च्याप्टरले कावासोती ८, इन्द्र चोकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। निप्स नवलपुरका अध्यक्ष लक्ष्मण सुवेदीको नेतृत्वमा आयोजना गरिएको सो कार्यक्रममा जगत ढकालले संयोजन गरेका थिए।

रक्तदान कार्यक्रममा स्थानीय समुदायको उल्लेखनीय सहभागिता थियो । कुल ३४ जना रक्तदाताले रक्तदान गरेका थिए । जसमा ६ जना महिला र २८ जना पुरुष रहेका थिए। यस कार्यक्रममा विशेष गरी रगत अभाव भएका बिरामीहरूलाई सहयोग पुर्याउने उद्देश्यले रगत सङ्कलन गरिएको अध्यक्ष सुवेदीने बताए ।

Esewa
Crest

कार्यक्रमले स्थानीय समुदायमा सकारात्मक प्रभाव पुर्याउने र यसले रगत आवश्यकतामा रहेका बिरामीहरूलाई तुरुन्त सहयोग पुर्याउने विश्वास गरिएको छ । कार्यक्रम संयोजक जगत ढकालले निप्स नवलपुरले आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरूमा निरन्तर योगदान गर्दै जाने प्रतिबद्धता जनाए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS