IME Life New

नागरिक लगानी कोषको कर्मचारी बचत बृद्धि अवकास योजनाको रकम बैंक वित्तबाटै जम्मा गर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं — नागरिक लगानी कोषको कर्मचारी बचत बृद्धि अवकास योजना अन्तर्गत कार्यालय तथा संघ–संस्थाहरुले आफ्ना कर्मचारीहरुका निम्ति कोषमा जम्मा गर्ने रकम अब एनसीएचएलका सदस्य बैंक वित्तीय संस्थाका कुनै पनि बैंक शाखाहरु वा कर्पोरेटपे प्रणाली मार्फत गर्न सकिने गरी सेवाको थालनी गरेको छ ।

जस अन्तर्गत संघ–संस्थाहरुले संयुक्त रुपमा आफ्ना कर्मचारीहरुको विवरण दाखिला गरी कोषको ई–सर्भिस पोर्टल मार्फत सब्मिसन नम्बर तथा अफिस कोड प्राप्त गरी अनलाइनबाट भुक्तानी गर्न सक्दछन् । यसरी २० लाख सम्मको रकम रियल टाइममा र सोभन्दा माथि २० करोड सम्मको रकम नन्–रियलटाइममा जम्मा गर्न सकिने भएको छ ।

Esewa
Crest

बैंक वित्तीय संस्थाका संस्थागत ग्राहकहरुले आवश्यक विवरण उपलब्ध गराई बैंक वित्तीय संस्था मार्फत सो रकम जम्मा गर्न सक्दछन् । साथै संघ–संस्था आफैंले पनि कर्पोरेटपे मार्फत उक्त भुक्तानी खाताबाटै गर्न सक्नेछन् । यस प्रकारको भुक्तानीमा सम्बन्धित कर्मचारीको विवरण पनि स्वतः अपडेट हुने गर्दछ ।

यसरी बैंक शाखा तथा कर्पोरेटपे मार्फत नागरिक लगानी कोषको अवकाश कोषको रकम अनलाइनबाट जम्मा गर्न सकिने हुँदा कोषका ३ लाख भन्दा बढी ग्राहकहरुलाई सुविधा हुनुका साथै कोषलाई स्वचालित रुपमा डिजिटल माध्यम प्रयोग गरी सेवा प्रवाह गर्न पनि मद्दत पुग्ने विश्वास गरिएको छ ।

नागरिक लगानी कोषले एनसीएचएलका कनेक्ट आइपिएस तथा सदस्य बैंक वित्तीय संस्थाका शाखा र मोबाईल बैंकिङ्ग लगायतका प्रणाली मार्फत कोषको कर्मचारी बचत बृद्धी अवकाश कोषको (८०५) कर्जा भुक्तानीको रकम संकलन गर्दै आएको छ भने उपदान कोष र लगानीकर्ता हिसाब योजना अन्तर्गत लाभग्राहीहरुको बैंक खातामा सिधै भुक्तानी गर्ने गरी एनसीएचएलका विभिन्न प्रणालीहरुको प्रयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS