IME Life New

नयाँ जीवन बीमा कम्पनी- प्रति शेयर आम्दानीको हिसाबले रिलायबल नेपाल लाइफ अगाडी, प्रभु लाइफ पछाडी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ । धेरै वर्षको अन्तराल पश्चात गतआर्थिक वर्षमा बीमा समितिले व्यवसाय संचालनका लागि १० वटा नयाँ जीवन बीमा कम्पनीलाइ अनुमति प्रदान गरे संगै अनुमती पाएका मध्ये ९ वटा जीबन बीमा कम्पनीहरुले आफ्नो व्यवसाय विस्तार गर्ने क्रममा शाखा विस्तार, नयाँनयाँ सुविधा सहितका जीवन बीमा योजनाहरु, सेवामा गुणस्तरियता लगायत जीबन बीमा सम्बन्धी जनचेतना जगाउने कार्यलाइ तिव्रताका साथ अगाडि बढाउँदै सबै कम्पनीहरुले आफुलाइ अग्र पंक्तीमा उभ्याउन प्रयासरत रहेको पाइन्छ ।

नयाँ जीबन बीमा कम्पनीहरुले प्रकाशित गरेको आ.व. २०७४।७५ को बित्तिय विवरण अनुसार प्रति शेयर आम्दानीको हिसाबले रु.९ .१३ सहित रिलायबल नेपाल लाइफ इन्स्योरेन्स सबै भन्दा अगाडी रहेको छ।

Esewa
Crest

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सलाइ ज्योति लाइफ इन्स्योरेन्सले पच्छाईरहेको छ उसको रु. ७.०८ रहेको छ। त्यसै गरि आईएमई लाइफ इन्स्योरेन्सको रु.७.०५ , युनियन लाइफ इन्स्योरेन्सको रु.६.२१ , सिटिजन लाइफ इन्स्योरेन्सको रु. ६.२०, सन् नेपाल लाइफ इन्स्योरेन्सको रु.५.८३, रिलायन्स  लाइफ इन्स्योरेन्सको रु. ५.४३ र सानिमा  लाइफ इन्स्योरेन्सको रु. ४.५२  र सबै भन्दा कम रु.३.८२ प्रति शेयर आम्दानी प्रभु लाइफ इन्स्योरेन्सको रहेको छ।

कम्पनीहरुले बिमांकीय मूल्याङन र सो पश्चात् हुन आउने नाफाले प्रती शेयर आम्दानी परिर्वतन हुने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS