IME Life New

प्रदर्शनका क्रममा ज्यान गुमाएका सिराहाका यूवा गणेशका परिवार र सरकारबीच सात बुँदे सहमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सप्तरीको कप्तानगञ्जमा भएको घटनाको विरोमा सिराहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवका परिवारजन र सरकारबीच सात बुँदे सहमति भएको छ।

शुक्रबार राति गृहमन्त्री सुदन गुरुङ र मृतक यादवको परिवारका सदस्यबीच सिराहाको औरही गाउँपालिका २ तुलसियाहीमा सहमति भएको हो । मृतक यादवलाई पनि शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने सरकारको तर्फबाट पहल गर्ने सहमति भएको छ ।  सहमतिअनुसार मृतकका परिवारलाई नेपाल सरकारको तर्फबाट १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराइनेछ।

Esewa
Crest

साथै परिवारका एक योग्य सदस्यलाई रोजगारीको अवसर प्रदान गरिने, मृतकका भाइबहिनीलाई निःशुल्क शिक्षा तथा बुबाआमालाई सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइने उल्लेख गरिएको छ ।

यस्तै, गोलबजार घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्ने, छानबिन समितिको प्रतिवेदनका सुझाव तथा सिफारिस कार्यान्वयन गर्ने र मृतकको सम्झनामा स्थानीय पालिकाको तर्फबाट स्मृति पार्क निर्माण गर्ने सहमति भएको छ ।

सहमति पत्रमा गृहमन्त्री गुरुङ र मृतकका बुबा रामवृक्ष यादवले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS