IME Life New

सामाजिक सद्भाव सुदृढ बनाउन सरकार योजनाबद्ध रुपमा लागिपरेको छः प्रधानमन्त्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले सुनसरीलगायतका जिल्लाहरुमा उत्पन्न संवेदनशील परिस्थितिलाई समाधान गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार योजनाबद्ध रुपमा लागिपरेको स्पष्ट पारेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदहरुसँगको छलफलमा प्रधानमन्त्री शाहले राज्यका सबै अंग उच्च सतर्कतामा रहेकाले नागरिकलाई संयमित रहन र विचलित नहुन पनि आग्रह गरे।

Esewa
Crest

प्रधानमन्त्री शाहले सरकारको प्राथमिकता पीडित नागरिकसम्म पुग्नु, उनीहरुलाई सुरक्षित अनुभव गराउनु, घटनाको निष्पक्ष छानबिन गर्नु र थप गलत क्रियाकलाप हुन नदिनु रहेको बताए। साथै, उनले सांसदहरुलाई आआफ्ना निर्वाचन क्षेत्रमा पुगेर थप हिंसा फैलिन नदिन, जनताको दुःख–सुखमा उभिन र राज्य एवं नागरिकबीच विश्वासको बलियो पुल बन्न अनुरोधसमेत गरे।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS