IME Life New

स्वास्थ्य बीमा बोर्डद्वारा विपन्नको उपचारवापत देशभरका अस्पताललाई रू ३० करोड भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कडा रोग लागेर आर्थिक अभावका कारण अकालमै ज्यान गुमाउनुपर्ने बाध्यतामा रहेका नागरिकका लागि राज्यको सहारा केही हदसम्म भए पनि थप सुदृढ बनेको छ। स्वास्थ्य बीमा बोर्डले विपन्न नागरिक औषधी उपचार कार्यक्रम अन्तर्गत विभिन्न कडा रोगको निःशुल्क तथा सहुलियत उपचार सेवा प्रदान गर्दै आएका देशभरका सूचीकृत अस्पतालहरूलाई जेठ महिनासम्मको भुक्तानी रकम निकासा गरेको छ।

बोर्डको २०८३ असार २२ गतेको निर्णयानुसार देशभरका ११९ भन्दा बढी सेवा प्रदायक स्वास्थ्य संस्था सरकारी, सामुदायिक तथा शिक्षण अस्पतालहरूको बैंक खातामा असार २३ गते कुल २९ करोड ८३ लाख १४ हजार ९९२ रुपैयाँ १४ पैसा भुक्तानी पठाइएको उपसचिव लेखा पुष्प प्रसाद गुरागाईंले जानकारी दिनुभयो।

Esewa
Crest

डाक्टरको प्रेस्क्रिप्सन, अस्पतालको सिफारिस र उपचार दाबी कागजातहरू सुक्ष्म रूपमा छानबिन गरी स्वीकृत दाबीअनुसार यो रकम सेवा प्रदायक अस्पतालहरूको खातामा सोझै हस्तान्तरण गरिएको बोर्डले जनाएको छ।

कुनकुन अस्पतालले पाए ठूलो रकम ?

एक करोड रूपैयाँभन्दा बढी रकम उपचार खर्चवापत सोधभर्ना प्राप्त गरेका पाँचवटा अस्पतालमध्ये चारवटा काठमाडाैं उपत्यकाभित्रका छन् । तीमध्ये शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी ३ करोड ६ लाख ५५ हजार ७५९ रुपैयाँ ,त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज  १ करोड ५२ लाख ९८ हजार ६६६ रुपैयाँ, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर १ करोड ४० लाख ५ रुपैयाँ रपाटन अस्पताल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान १ करोड ३ लाख ९५ हजार ३४४ रुपैयाँ भुक्तानी पाएका छन् ।

यसैगरी काठमाडाैं बाहिरको अस्पतालहरूमध्ये कोशी प्रदेशको विराटनगरमा अवस्थित विराटनगर अस्पताल र नोबेल मेडिकल कलेज १ करोड १४ लाख ४६ हजार २५४ रुपैयाँ उपचार खर्च सोधभर्ना लिएको छ।

विपन्नको उपचार खर्चवापत भक्तपुर क्यान्सर अस्पतालले ९६ लाख ३७ हजार ४५६ रुपैयाँ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले ८५ लाख १५ हजार ९६३ रुपैयाँ सोधभर्ना प्राप्त गरेका छन् ।

यसका साथै वीर अस्पताल, कान्ति बाल अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, काठमाडौँ क्यान्सर सेन्टर, आरोग्य फाउन्डेसन तथा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका प्रादेशिक एवम् जिल्ला अस्पतालहरूले पनि विपन्न बिरामीलाई दिएको सेवाबापतको रकम शोधभर्ना पाएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS