IME Life New

निर्जीवन बीमकहरुको बीमा कोष रु. १ खर्ब माथि, कसको ग्रोथ कस्तो ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०८३।८४ मा निर्जीवन बीमकहरुको बीमा कोष १ खर्ब माथि नाघेको छ।

कम्पनीहरुले सार्वजनिक गरेका वित्तीय विवरणअनुसार चालु वर्षको असोजसम्म १४ वटा निर्जीवन बीमकको बीमा कोष १ खर्ब ४८ करोड नाघेको हो। अघिल्लो आर्थिक वषए २०८२।८३ मा कम्पनीहरुको बीमा कोषमा ७३ अर्ब ४३ करोड रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा निर्जीवन बीमकहरुको बीमा कोष ३६.८४ प्रतिशतले बढेको छ।

Esewa
Crest

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बीमा कोषमा सर्वाधिक शिखर इन्स्योरेन्सको रहेको छ भने वृद्धिदरका हिसाबले हिमालन एभरेष्ट इन्स्योरेन्स अगाडि रहेको छ। अघिल्लो वर्षको तुलनमा १३ वटा बीमकको बीमा कोष बढेको छ भने एउटाको घटेको छ।

समीक्षा अवधिसम्म शिखर इन्स्योरेन्सको बीमा कोषमा १३ अर्ब १२ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको बीमा कोषमा ९ अर्ब ९३ करोड रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको बीमा कोष ३२.१५ प्रतिशतले बढेको छ।

दोस्रो धेरै बीमा कोष हिमालय एभेरेष्ट इन्स्योरेन्सको रहेको छ। अघिल्लो आर्थिक वर्षमा ४ अर्ब ४७ करोड रुपैयाँ रहेको कम्पनीमो बीमा कोष समीक्षा अवधिमा १८५.२१ प्रतिशतले बढेर १२ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ। यो वृद्धिदर निर्जीवन बीमा कम्पनीमा सर्वाधि हो।

यसैगरी तेस्रो धेरै बीमा कोष हुनेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ। समीक्षा अवधिसम्म यो कम्पनीको बीमा कोषमा १० अर्ब २५ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्षको यही अवधिसम्म कम्पनीको बीमा कोषमा ९ अर्ब ६६ करोड रुपैयाँ रहेको थियो। कम्पनीको बीमा कोष ६.१२ प्रतिशतले बढेको छ।

सबैभन्दा कम बीमा कोष नेसनल इन्स्योरेन्सको रहेको छ। समीक्षा अवधिसम्म कम्पनीको बीमा कोषमा २ अर्ब ९२ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको बीमा कोषमा २ अर्ब ६२ करोड रुपैयाँ थियो। कम्पनीको बीमा कोष ११.४४ प्रतिशतले बढेको छ।

कसको बीमा कोषमा कति ?

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS