काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउमा भारी गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६ हजार ३०० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला सुन २ लाख ६० हजार ९०० रुपैयाँमा झरेको छ। हिजो सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको छ।
यसैगरी आज चाँदीको भाउ पनि तोलामा ११० रुपैयाँले घटेर ३ हजार ३८० रुपैयाँ कायम भएको छ। हिजो चाँदी ३ हजार ४९० रुपैयाँमा किनबेच भएको थियो।











