IME Life New

नेपालको पर्यटनमा विदेशी लगानीको आकर्षण, सूचना प्रविधिमा भने सङ्ख्यात्मक वर्चस्व

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०८३।८४  को पहिलो चार महिनामै नेपालको पर्यटन क्षेत्र विदेशी लगानीका हिसाबले सर्वाधिक आकर्षक क्षेत्रका रूपमा देखा परेको छ।  उद्योग विभागको तथ्याङ्क अनुसार साउनदेखि कार्तिकसम्मको अवधिमा पर्यटनमूलक उद्योगहरूमा कुल ८ अर्ब ६६ करोड ७८ लाख ५० हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ।

यो आँकडा गत वर्षहरूको तुलनामा पर्यटन क्षेत्रमा आएको ठूलो लगानीको लहर हो र यस वर्षको कुल वैदेशिक लगानी प्रतिबद्धताको झन्डै ४४ प्रतिशत हिस्सा ओगटेको छ। यसले कोभिड–१९ महामारीपछि नेपालको पर्यटन उद्योगमा विदेशी लगानीको विश्वास फर्किँदै गरेको स्पष्ट सङ्केत गर्दछ।

Esewa
Crest

पर्यटन क्षेत्रले लगानीको ठूलो हिस्सा ओगटेको भए पनि, परियोजना सङ्ख्याको दृष्टिले भने सूचना तथा सञ्चार प्रविधि क्षेत्रले आफ्नो वर्चस्व कायम राखेको छ। साउनदेखि कार्तिकसम्म स्वीकृत भएका कुल ४९७ वटा विदेशी लगानीका परियोजनामध्ये २७२ वटा अर्थात् ५५ प्रतिशत परियोजना क्षेत्रका रहेका छन्। यसबाट यस क्षेत्रमा साना लगानीका धेरै परियोजनाहरू भित्रिरहेको देखिएको छ।

यसबाहेक, आर्थिक वर्ष २०८३।८४ को कार्तिक महिनामा मात्रै रु ३ अर्ब ४२ करोड ४३ लाख २४ हजारको नयाँ लगानी प्रतिबद्धता आएको थियो। यी परियोजनाहरूबाट कुल ६,२०१ जनालाई रोजगारी मिल्ने प्रारम्भिक अनुमान गरिएको छ।

अघिल्ला वर्षहरूको अनुभव हेर्दा प्रतिबद्धताको तुलनामा वास्तविक लगानी प्राप्तिको दर भने निकै न्यून रहने गरेको छे। नेपालमा वास्तविक विदेशी लगानी प्राप्तिको दर करिब ११ प्रतिशतदेखि ३९ प्रतिशतको बीचमा रहने गरेको नेपाल राष्ट्र बैंक र रेटिङ एजेन्सीहरूको अध्ययन आर्थिक प्रतिवेदनहरूले पुष्टी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS