काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले शेयर बजारमा सर्ट सेलिङ उपकरण सञ्चालनमा ल्याउन आफ्नो अवधारणापत्र सार्वजनिक गरिसकेको छ।
अवधारणापत्रमा नेपालका लागि उपयुक्त आवरणयुक्त सर्ट सेलिङ मोडलका विषयमा उल्लेख छ। धितोपत्र सापटी तथा उधारो सेवाजस्तै सर्ट सेलिङ पनि नेपालका लागि नयाँ विषय तथा नयाँ सेवा भएकोले यसको कार्यान्वयनमा सबै निकायले विशेष ध्यान दिनुपर्ने देखिन्छ। नेपालको हालको धितोपत्र बजारमा बजार घट्दा जोखिम व्यवस्थापनको अभाव रहेको छ।
त्यसैले आवरणयुक्त सर्ट सेलिङले बजार दुईतर्फी कारोबार मूल्य अन्वेषण तरलता तथा हेजिङ क्षमता वृद्धि गर्न सहयोग गर्ने धितोपत्र बोर्डको ठम्याइ छ। यो व्यवस्था धेरै देशमा निगरानीयुक्त नियमनसहित अभ्यासमा रहेको र अन्तर्राष्ट्रिय अभ्यासको विश्लेषण गर्दा सर्ट सेलिङका सम्बन्धमा धितोपत्र बोर्डले मोडल प्रस्तुत गरेको छ।
नेपालको बजारको आकार र संस्थागत क्षमता हेर्दा आवरणयुक्त सर्ट सेलिङको व्यवस्था र नेकेड सर्ट सेलिङ निषेध गर्न उपयुक्त हुने धितोपत्र बोर्डको धारणा छ। सर्ट सेलिङ सेवासँग सम्बन्धित प्रमुख सहभागी तथा सरोकारवालामा लगानीकर्ता, धितोपत्र सापटी दिने, धितोपत्र दलाल व्यवसायी, सीडीएससी र स्टक एक्सचेन्ज रहेका छन्। उनीहरुको आआफ्नै छुट्टै विशिष्टीकृत जिम्मेवारी रहेको हुन्छ।
सर्ट सेलिङका लागि योग्य धितोपत्र
सर्ट सेलिङका लागि सबै धितोपत्र योग्य हुँदैनन्। यसमा योग्य धितोपत्रको मापदण्ड तोक्नुपर्छ। नियमावलीमा योग्य धितोपत्रको मापदण्ड तोक्दा कारोबार र धितोपत्र सापटी तथा उधारोमा जस्तै देहायका आधारहरु उपयुक्त हुने देखिन्छ।













