IME Life New

सिवाईसी नेपाल लघुवित्तको सातौं वार्षिक साधारण सभा साउन ३० गते, यस्ता छन् एजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सातौं वार्षिक साधारण सभा साउन ३० गते हुने भएको छ । सभा विहान ११ बजे पोखरा दिपसागर होटलको सभाहलमा हुने भएको हो । कम्पनीको साउन ८ गते बसेको संचालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८१ /८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१/ ८२ को वासलात, नाफा, नोक्सान हिसाब नगद प्रवाह लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्नेछ ।

Esewa
Crest

सभाले बाह्य लेखापरीक्षण कार्य गर्नका लागि संस्थाको लेखारीक्षण समितिबाट सिफारिस भए बमोजिम लेखापरीक्षक नियुक्ती गर्ने र नीजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ । आर्थिक वर्ष २०८१ /८२ मा भएको संचालक समिति र अन्य उप समितिको बैठक भता तथा समिति सम्बन्धी अन्य खर्च अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभाले कुनै पनि लघुवित्त वित्तीय संस्थासँष्ग एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ती सहमति हुने प्रयोजनका लागि उपयुक्त लघुवित्त संस्थाको पहिचान गर्ने, सहमतिपत्रमा हस्ताक्षर गर्ने, संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव अनुमोदन गर्नेछ ।

नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका अन्य नियमनकारी निकायबाट स्वीकृति लिने, अभिलेख गर्ने, प्रबन्ध नियमावलीको विषयमा कुनै संशोधन तथा परिवर्तन गर्नुपर्ने भएमा सोही अनुरुप संचालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS