IME Life New

नबिल बैंकद्धारा डिजीटल बैंकिङ तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंकले ललितपुर महानगरपालिका वडा न. २१, खोकनामा डिजीटल बैंकिङ तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम विशेषत स्थानीय क्षेत्रको कृषि प्रवर्धन, युवा तथा महिला उद्यमशिलता, डिजिटल बैंकिङ्ग तथा वित्तिय साक्षरता प्रर्वधनमा केन्द्रित रहेको थियो ।

बैंकले नबिल दिगो बैंकिङको विभिन्न आयामहरु, डिजिटल बैंकिङ, क्यूआर कोड र अन्य सेवा सुबिधाहरुको बारेमा विशेष प्रस्तुती दिएको थियो । ललितपुर महानगरपालिका वडा न. २१ खोकनाका वडा सदस्यहरू, स्थानीय गुठि, आमा समुह र सहकारीका प्रतिनिधिहरु, स्थानीय बुद्धिजिबी, किसान तथा उद्यमीहरुको उल्लेख्य उपस्थिती रहेको उक्त कार्यक्रममा नबिल बैंकको तर्फबाट नबिल बैंक बागमती प्रदेश प्रमुख अमित श्रेष्ठ, फुलचोकी क्लस्टर प्रमुख अमित के. सी., खोकना शाखा प्रबन्धक रोशन न्यौपानेको समेत उपस्थिती थियो ।

Esewa
Crest

कार्यक्रममा विशेष वक्ताको रुपमा सम्बोधन गर्दै नबिल बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले युवा र महिलाहरुको उद्यमशिलता विकास र रोजगारी सिर्जनामा सहयोग गरि दिगो समाजको निर्माण गर्न नबिल बैंक सधै तत्पर रहेको बताए । त्यस्तै ललितपुर महानगरपालिका वडा न. २१, खोकनाका वडा अध्यक्ष रबिन्द्र महर्जनले यस कार्यक्रमको लागि धन्यबाद ज्ञापन गर्दै खोकना वरपर उद्यमशीलता विकास गर्न नबिल बैंक संग हातेमालो गर्ने बताए ।

कार्यक्रमको समापन गर्दै नबिल बैंक प्रादेशीक प्रमुख रोशन कोइरालाले उद्यमशीलता विकास र वित्तीय पहुँच प्रबर्धनमा नबिल बैंक स्थानीय निकायसंग सहकार्य गर्न सधै तत्पर रहेको बताए ।

नेपाल सरकारले अवलम्बन गरेको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवशको दिन दिगो बैंकिङको सुरुवात गरेको हो । सुरुमा १७ वटा शाखाबाट सुरु गरेको दिगो बैंकिङ हाल १०० शाखामा विस्तार भएको छ । दिगो बैंकिङ अन्तर्गत किसान कर्जा र उद्यमशील कर्जा मार्फत ५०० भन्दा बढी उद्यमीलाई ५५ करोड भन्दा बढी कर्जा प्रवाह गरेको छ । साथै नबिल बैंक र संयुक्त राष्ट्र पूँजी विकास कोषको सहकार्यमा आधारित ‘क्यूआर – कोड’ महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवर्द्धन“ परियोजना अन्तर्गत बैंकले देशका विभिन्न ठाउँमा यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS