IME Life New

नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले ‘एवान ३१’ तयार पार्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले भविष्यमा संचालन हुन सक्ने लगानी व्यवस्थापन सेवा तथा सामूहिक लगानी कोषको सहजता र विद्यमान लगानी व्यवस्थापन सेवा प्राप्त गरिरहेका ग्राहक वर्ग समेतलाई लक्षित गरी आन्तरिक प्रयोजनको लागि नेपाल स्टक एक्स्चेन्जमा सूचिकरण भै कारोवार भैरहेका कम्पनीहरु मध्ये बिभिन्न आधारभूत सूचकको आधारमा छनौटमा परेका ३१ वटा कम्पनीहरुको अन्तिम मुल्यको आधारमा तयार गरिने एनवान ३१ तयार गर्ने भएको छ ।

छनौटमा परेका ३१ कम्पनीहरुको दैनिक कारोवारको आधारमा तयार गरिने एनवान ३१ दैनिक रुपमा कम्पनीको आधिकारीक वेवसाईड तथा सामाजिक सन्जालमार्फत सार्वजनिकगरिने कम्पनीले जनाएको छ ।

Esewa
Crest

यस्तो सेवाबाट आम लगानीकर्ताहरुलाई उल्लेखित कम्पनीहरुमा लगानीका लागि उचित निर्णय लिन अझ सहज हुने कम्पनीले जनाएको छ ।
नेपाल स्टक एक्चेन्जबाट तयार हुने नेप्से ईन्डेक्स भारित औषत पूँजीगत मुल्यका आधारमा तयार हुन्छ भने एनआए ३१ नेपाल स्टक एक्सचेञ्जमा सूचिकरण भई दैनिक रुपमा कारोवार भैरहेका हरेक सेक्टरका कम्पनीहरु मध्येबाट विविधी करणका आधारमा विभिन्न ३१ वटा कम्पनि छनौट गरी अन्तिम मुल्यको आधारमा तयार हुने कम्पनीले जनाएको छ ।

यसरी एनवन ३१ ले लगानीकर्ताहरुलाई मूल्य सूचकका आधारमा नेप्सेसँगको तुलनात्मक अध्ययन गर्न, मूल्य सूचकको आधारमा मूल्यमा हुने परिवर्तनको अध्ययन गर्न, नेप्से इन्डेक्सको भारि पूँजीगत औषतका कमिकमजोरी तथा विशेषताको तुलना गर्न तथा थोरै कम्पनिको मूल्यमा हुने परिवर्तनबाट समग्र पुँजीबजारको अध्ययन गर्न समेत एनवानले सहयोग पु¥याउने विश्वास कम्पनिले लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS