IME Life New

धर्मराजले छोराको जन्मदिनमा दिए सिटिजन जीवन सारथी बीमा योजना उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जन्मदिन मनाउने विभिन्न तरिका र शैली छन् । पछिल्लो समय बीमा योजना उपहार दिएर जन्मदिन मनाउन थालिएको छ । लाखौं खर्च गरी विभिन्न उत्सवहरु मनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा जोखिम र बचत दुवै प्रवृत्तिको विकास हुन थालेको छ ।

यसैक्रममा, तुर्माखाँद गाउँपालिका वडा नम्बर १ रहफ स्थायी ठेगाना भइ पञ्चपरी नगरपालिका -४ बरैचे सुर्खेतमा बस्दै आएका धर्मराज उपाध्याय (लम्साल)ले बीमा योजना खरिद गरी आफ्नो छोरालाई उपहार दिएका छन् । सिटिजन लाइफ इन्स्योन्स कम्पनी लिमिटेड सुर्खेत शाखामा कार्यरत एजेन्सी म्यानेजर लक्ष्मी प्रसाद लम्साल मार्फत धर्मराजले छोरा कपिल लम्साललाई सिटिजन जीवन सारथी बीमा योजना उपहार दिएका हुन् ।

Esewa
Crest

साउन २७ गते आइतबार कपिल लम्सालको जन्मदिनको अबसरमा सिटजन लाइफ इन्स्योरेन्स कम्पनी सुर्खेत शखाका शाखा प्रबन्धक नम बहादुर खड्काले उक्त बीमा योजना हस्तारण गरे ।

पाँच लाख बीमाङ्कको उक्त योजना २० वर्ष अवधि राखिएको छ । २० वर्ष पछि बीमित कपिलले बीमाङ्क र बाेनस पाउनेछन् । जीवितै रहेको अवस्थामा बीमा भने ९० वर्षसम्म हुनेछ । ७० वर्ष पुगेपछि बीमित लम्सालले पेन्सन पनि पाउनेछन् ।

जीवन सारथी बीमा योजनाले जीवन बीमा इतिहासमा ‘नेपालमै पहिलो पटक बीमाङ्क रकमको दुई गुणाको साथै बोनस रकम त्यो पनि आफ्नै पालामा’ भन्ने नारालाई सार्थक तुल्याउन यस कम्पनीले प्रचलनमा ल्याएको सिटिजन जीवन सारथी बीमा योजनाले बीमा अवधिभर बीमितको जोखिम बहन गर्नुका साथै बीमितको वित्तीय आवश्यकताहरु पूरा गर्नका लागि बीमा अवधिभित्र बीमा परिपक्क मितिमा बीमाङ्क रकम तथा नियमानुसार बोनस रकम तथा बीमा परिपक्क मिति पछि निश्चित समयको अन्तरालमा निश्चित किस्ताबन्दीमा थप बीमाङ्क रकम बीमितलाई भुक्तानी गर्दछ ।

बीमाको इतिहासमै यो बीमा योजना उत्कृष्ट बीमा योजना हो । बीमा सबैका लागि आवश्यक भएको शाखा प्रबन्धक खड्काले बताए । ‘भोलिका दिनमा कसलाई के हुन्छ भन्न सकिदैन’, उनले भने, ‘बीमा गरेपछि जोखिम बहनसँगै बचत पनि हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS