IME Life New

धरानमा आइएमई लाइफको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्यारेन्सको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । कम्पनीले कोशि प्रदेश अन्तर्गत धरान शाखाका अभिकर्ताहरुको क्षमता वृद्धि विकास गर्ने उदेश्यले आयोजना गरेको उक्त कार्यक्रम धरानमा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका चिफ मार्केटिङ अफिसर गणेश चौलागाईले अभिकर्ता पेशाको महत्व, साथै विभिन्न परिस्थितिमा बजारिकरणको नयाँ नयाँ पद्दतिका विषयमा सरल एवं सहज टेक्निकहरु बताउदै पेशागत अभिकर्ताको विषयमा महत्वपूर्ण प्रस्तुति दिएका थिए ।

Esewa
Crest

साथै, उनले इमान्दारिताका साथ कार्य गर्दा यो पेशाबाट नाम, दाम र सम्मान जिवनभर रहनेगरि सन्तुष्टि सहित कार्य गर्न सकिने बताए ।

कम्पनीका सिइओ कवि फुयालले कम्पनी निरन्तर रुपमा प्रविधी मैत्री बन्दै गएको र अब अभिकर्ताले आफ्नो पोर्टलबाट बिमा बेच्न सक्ने सम्मको प्रविधि बिकास गरेको जानकारी दिए ।

कम्पनीले विभिन्न समयमा कर्मचारी र अभिकर्ताहरुको क्षमता वृद्धि गर्ने र हौसला प्रदान गर्ने उदेश्यले तालिम तथा कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

उक्त कार्यक्रममा कम्पनीका चिफ मार्केटिङ अफिसर गणेश चौलागाई, तालिम शाखा विभाग प्रमुख सुनिल कुमार आचार्य, कोशि प्रदेश प्रमुख मिलन दाहाल लगायत शाखा प्रमुख, कर्मचारि साथै अभिकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS