IME Life New

दिपाले छोरीको जन्मदिनमा दिइन् १० लाख रुपैयाँको बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चन्द्रगढी उपशाखामा कार्यरत अभिकर्ता दिपा शिवाकोटी लुइँटेलले आफ्नो छोरी सुरुचि लुइँटेलको शुभ जन्मदिनको अवसरमा रु १० लाख बराबरको १७ वर्षे नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य – ५३ योजना आफैँ प्रस्तावक बसी बीमालेख हस्तान्तरण गरेकी छिन्।

बीमालेख हस्तान्तरण उपशाखा प्रमुख सौरभ ढकालले एक विशेष समारोहबीच गरे ।

Esewa
Crest

बीमालेख हस्तान्तरणपछि अभिकर्ता शिवाकोटीले भनिन्, यो योजना छोरीको भविष्यलाई सुरक्षित राख्न मबाट गरिएको एउटा महत्त्वपूर्ण निर्णय हो। नियमित र अनुशासित बचतका माध्यमबाट बालबालिकाको दीर्घकालीन भविष्य सुनिश्चित गर्न यस योजनाले महत्त्वपूर्ण भूमिका खेल्छ।

उनले थप भनिन्, भविष्यमा मलाई केही भएमा सोही मिति देखि लागुहुने गरी बीमालेखको बीमाशुल्क छुट सुविधा सहित मेरी छोरीलाई मासिक रु १०,००० भत्ता दिनेछ। साथै, बालिग भएपछि एकमुष्ट बीमांक र बोनस उपलब्ध हुनेछ, जसले उनको उच्च अध्ययनका लागि ठोस आर्थिक सहयोग पुर्‍याउनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS