IME Life New

दशैँको खर्च कटाएर बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

हर्के काका ४५ वर्ष उमेरका भए । उनी एक सामान्य खेती किसान हुन् । खेती किसानी गरेरै जीविकोपार्जन गर्छन् । सामान्य अक्षर भन्दा अरु चिन्न नसक्ने काकालाई गाउँमा सबैले शिक्षित काकाका रुपमा चिन्ने गर्छन् । हुन् पनि हो उनी अरु भन्दा केही फरक पनि छन् । छरछिमेकमा परेको आपत्तविपत्तका बेला उनकै उपस्थित पहिलो हुन्छ । आफुले जानेका दुई चार कुरा अरुमा बाड्ने बानी काकामा छ ।

काका को जेठो छोरो शहरमा बस्छन् । हर्के काका अस्ति मात्रै छोरा लाई भेट्न भनेर शहर गएका थिए । पहिलो पटक शहर गएका काकाले धेरै कुराको ज्ञान लिएर गाउँ फर्के । उनको छोरो बसेको कोठा देखि पल्लो कोठामा बस्ने एक जना दिदि बीमा अभिकर्ता रहिछन् । उनी बाट काकाले बीमाका बारेमा धेरै कुरा सिकेका थिए । बीमा हाम्रो जीवनको एक आवश्यक कुरा रहेछ भन्ने महसुुस काकामा आएको थियो । त्यहि बेला काकाले निर्णय गरि सकेका थिए अब म पनि बीमा गर्छु । भविष्यमा हुन सक्ने मेरा सबै जोखिम लाई बीमा कम्पनीले बहन गर्ने भए पछि त मलाई पनि ढुक्कै हुन्छ । उनले त्यहि दिन देखि संकल्प गरेका थिए कि मेरो जीवनको बीमा गर्नु पर्छ भनेर ।

Esewa
Crest

अभिकर्ताको वुझाईले काकामा बीमा गर्छु भन्ने भावना पलाएको थियो । घर फर्के पछि उनले आफ्नो आम्दानिको केही रकम जम्मा गर्न थाले । दैनिक रुपमा खर्च हुने केही रकम बचाउन थाले । बचाएको रकम पनि छदैँ थियो, उनी बीमा गर्ने तरखरमा थिए ।

यस पालिको दशैँले छोई सकेको छ । सबै तिर रमझम छाईसकेको छ । सबैका घर घरमा सरसामानहरु जुटि सकेका छन् । काका का घरमा पनि दशैँको चहल पहल रहेको छ । तर सदा भन्दा यस पालिको दशैँमा काका को घरमा तडकभड्क भने कत्ति पनि छैन् । सदाको दशैँ मा जस्तो हुने खर्च लाई कटाएर बीमा गरेका काकाले दशैँ सामान्य रुपमा मनाउने भएका छन् । शहर बाट घर फर्कदाको संकल्प लाई उनले दशैँमा गर्ने खर्चको केही रकम कटाएर पूरा गरे ।

सामान्य एक किसान रहेका हर्के काकाले बीमाको आवश्यकतालाई महशुस गरि दशैँको खर्च कटाएर बीमा गरे । आफुले लिएको संकल्पलाई पूरा गर्नलाई आफ्नो आम्दानिको सानो हिस्सा लाई बाचाई बीमा गरेका काका लाई अब भविष्यमा हुन सक्ने भवितव्य जोखिमसँग सामना गर्न सक्ने क्षमता उनले बीमा गरेको बीमा कम्पनीले दिन्छ ।

नेपालीहरुको महानपर्व हो दशैँ, स्वभावैले हामिहरुलाई यो पर्व धुमधाम सँगले मनाउन त मन हुन्छ नै । वर्ष दिनमा एक पटक आउने महाचाडमा नेपालीहरुमा अनावश्यक रुपमा खर्च गर्ने प्रथा कायमै रहेको छ । आफु सँग नभए पनि ऋण, सरसापट गरेरै भए पनि दशैँको निहँमा धेरै रकम खर्चिने परिपाटि कायम रहेको छ । फजुल खर्चले तपाई हाम्रो जीवनमा आर्थिक संकट पर्नजान्छ । कमाउन जेल त मोज मस्तिले मनाईन्छ, खाईन्छ, कमाएको सम्पत्ति सकाईन्छ । तर जव हामिलाई अपठ्यारो पर्छ तव केही नहँुदा, बिरामी पर्दा धेरै नै गाहे हुन्छ । तर तपाई हामिले आआफ्नो आम्दानिको केहि रकम बचाएर बीमा गर्यौ भने हामिलाई पर्न सक्ने जोखिमहरु सँग लड्न सक्ने सामर्थ बीमा कम्पनीले दिन्छन् ।

दशैँ आएसँगै हेड मास्टरको घरमा भित्रियो बीमा
हेम मगर पेशाले एक शिक्षक हुन् । सरस्वति मा.वि का हेड मास्टर पनि । उनलाई सबैले गाउँमा हेड मास्टर भनेर चिन्छन् । मास्टर भनेर चिनिने हेमले यस पालिको दशैँको खर्च कटाएर बीमा गरेका छन् ।

दशैँ मनाउने निहँुमा गरिने फजुल खर्चलाई कम गराएर मगरले बीमा गरेका हुन् । दशैँमा गरिने तडकभडक लाई कम गर्दै उनले ५ लाख बीमाङक रकम बराबरको बीमा पोलिसि खरिद गरेका छन् । अनावश्यक रुपमा गरिने खर्चले पैसा पनि बर्बाद हुन्छ, खर्च गर्यो कमाएको सकायो, यो प्रवृति लाई मैले कम गर्दै बीमा गरे । उनले बताए ।

बीमा जोखिम व्यवस्थापनको एक महत्वपूर्ण औजार हो । बीमितले आफ्नो जीवन, सम्पति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई सारी बीमा गर्दछन् । अनिश्चित जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति गर्ने माध्यम बिमा हो । तर पनि हाम्रो समाजका मानिसले यो कुरा बुझदैन्, जुन जरुरी छ उनले भने ।

पोहोर सालको खर्चको तुलनामा अहिले केही कम खर्च गर्दै हेड मास्टरले बीमा गरे । मानविय जीवनमा जोखिम कत्ति बेला पर्छ थाहा नै हुदैन । जोखिम अनिश्चित रुपमा हुने गर्दछ । यस्ता जोखिमहरु बीमा कम्पनीमा सार्नु नै बीमा हो उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS