IME Life New

दक्षिण एशियाली मुलुकमध्ये नेपाल सबैभन्दा खुशी राष्ट्र

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। संयुक्त राष्ट्र संघले सार्वजनिक गरेको विश्वका सबैभन्दा खुशी राष्ट्रको सूचीमा नेपाल दक्षिण एसियाली मुलुकको शीर्ष स्थानमा परेको छ। दक्षिण एशियाली मुलुकमध्ये नेपाल ८५औं स्थानमा छ।‌ माल्दिभ्स नेपाल भन्दा दुई स्थान‌‌ तल ८७ औं स्थानमा रहेको छ। भूगोल र अर्थतन्त्रको हिसाबले सबैभन्दा ठूलो दक्षिण एशियाली मुलुक भारत १३६औं स्थानमा पुगेको छ। गत वर्ष भारत १३९औं स्थानमा थियो। दक्षिण एशियाका खुसी देशको सूचीमा बंगलादेश ९९औं र पाकिस्तान १०३औं नम्बरमा छन्।

यस पटक संयुक्त राष्ट्र संघले‌ दक्षिण एशियाली मुलुकमध्ये भुटानलाई सर्वेक्षणमा छुटाएको छ। तर सन्‌ २०२० भर कोरोना महामारीको समयमा एकजना नागरिकको समेत ‌ज्यान जानबाट जोगाउन सफल भएकोमा प्रतिवेदनमा भुटानको प्रशंसा गरिएको छ। भुटानलाई यसपटकको
खुशी राष्ट्रको सूचीमा समावेश गरेको भए युरोपेली मुलुकमात्र‌ शीर्ष स्थानमा रहने इतिहास तोडिने थियो भन्ने विश्लेषकहरुले टिप्पणी गरेका छन्।

Esewa
Crest

सूचीअनुसार चीन नेपालभन्दा तीन स्थानमाथि अर्थात् ८२औं नम्बरमा छ। अफगानिस्तानलाई दक्षिण एशियाकै सबैभन्दा दुःखी देशका रुपमा प्रतिवेदनमा चित्रण गरिएको छ। अफगानिस्तानमा तालिबानीको कब्जापछि आमजनजीवन अझै कष्टकर बनेको राष्ट्र संघको निष्कर्ष छ।

राष्ट्र संघले सार्वजनिक गरेको सूची अनुसार फिनल्यान्ड लगातार पाँचौँ वर्ष सर्वाधिक खुसी राष्ट्रका रुपमा सूचीकृत भएको छ। फिनल्यान्डपछि डेनमार्क, आइसल्यान्ड, स्विटजरल्यान्ड, नेदरल्यान्ड्स, लक्जेम्बर्ग, स्विडेन, नर्वे, इजरायल, न्युजिल्यान्ड र अस्ट्रिया सर्वाधिक खुसी राष्ट्रका रुपमा सूचीकृत भएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS