IME Life New

तेस्रो त्रैमासको रिपोर्टमा जीवन बीमा कम्पनीको राम्रो सुरुआत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८०।८१ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न सुरु गरेका छन्। जीवन बीमकमध्ये दुईवटा कम्पनीले वित्तीय प्रतिवेदन सार्वजनिक गरेका छन्। सूर्यज्योति लाइफ र आईएमई लाइफले वित्तीय प्रतिवेदन पारित गर्दा दुवै कम्पनीको नाफा र व्यापार वृद्धि भएको छ।

सूर्यज्योति लाइफको नाफा करिब ३४ प्रतिशत वृद्धि हुँदै २९ करोड ५४ लाख रुपैयाँ पुगेको छ भने आईएमई लाइफको नाफा करिब ७६ प्रतिशतले वृद्धि हुँदै ३३ करोड १५ लाख रुपैयाँ पुगेको छ।

Esewa
Crest

त्यस्तै व्यवसायको कुरा गर्दा गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सूर्यज्योति लाइफको खुद बीमाशुल्क आर्जन करिब ३९ प्रतिशतले वृद्धि हुँदै ६ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ भने आईएमई लाइफको खुद बीमाशुल्क आर्जन करिब ८ प्रतिशतले वृद्धि हुँदै ३ अर्ब ११ करोड रुपैयाँ पुगेको छ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS