IME Life New

तीन बीमा कम्पनीको व्यतित पोलिसी २० प्रतिशत भन्दा माथि, सूर्या लाइफको सबैभन्दा धेरै नेशनल लाइफको सबैभन्दा कम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

रिना खत्री

हाल सञ्चालनमा रहेका बीमा कम्पनी मध्ये तीन वटा जीवन बीमा कम्पनीको बीमा योजना व्यतित हुने क्रम जोखिम नजिक देखिएको छ । सुर्या लाइफ इन्स्योरेन्स, नेपाल लाइफ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको बीमा योजना व्यतित २० प्रतिशत भन्दा माथि पुगेको छ । बीमा योजना व्यतित ३० प्रतिशत भन्दा माथि पुगेमा कम्पनीको अवस्था खतरायुक्त रहेको मानिन्छ ।

बीमा समितिको तथ्यांक अनुसार आर्थिक वर्ष २०७२/०७३ मा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको बीमा योजना व्यतित ३० प्रतिशत छ । जुन सबैभन्दा धेरै हो । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २४ प्रतिशत छ भने गुराँस लाइफ इन्स्योरेन्सको २१ दशमलव ४७ प्रतिशत छ । त्यस्तै, प्राईम लाइफ इन्स्यारेन्सको १९ दशमव ३८ प्रतिशत छ भने एशियन लाइफ इन्स्योरेन्स १४ प्रतिशत छ । मेट लाइफको ९ दशमलव ८५ प्रतिशत छ । लाइफ इन्स्योरेन्स कम्पनीको ५ दशमलव १२ प्रतिशत छ भने नेशनल लाइफ इन्स्योरेन्सको १ दशमलव ४९ प्रतिशत छ ।

कम्पनीहरूको बीमालेख व्यतित अनुपात १० प्रतिशत सम्म रहेमा सामान्य मानिन्छ । १० प्रतिशत देखि २० प्रतिशतसम्मको अवस्थालाई मध्यम मानिन्छ भने २० प्रतिशत देखि ३० प्रतिशत सम्मलाई जोखिमयुक्त मानिन्छ । त्यस्तै, ३० प्रतिशत भन्दा माथि भएमा उच्च जोखिम भएको मानिन्छ ।

Esewa
Crest

व्यतित बीमालेख भनेको के हो ?
बीमितले बीमाशुल्क भुक्तान गरेपछि बीमालेख नवीकरण हुन्छ । तोकिएको समयमा नवीकरण नगरेमा बीमालेख व्यतित हुन्छ । मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रूपमा पनि बीमितले आफ्नो बीमालेख नवीकरण गर्न सक्छन् । बीमालेख नवीकरणको अथवा बीमाशुल्कको किस्ता भुक्तानी गर्न ३० दिनको ग्रेस पिरियड हुन्छ । सो अवधिभित्र पनि नवीकरण नगरेमा बीमालेख निष्क्रिय हुन्छ । अर्थात्, उक्त बीमालेखले बीमितको कुनै पनि जोखिम सुरक्षण गर्दैन । जसलाई बीमालेख व्यतित भनिन्छ । म्यादी बीमाको हकमा भने यो प्रावधान लागू हुँदैन ।

शिवनाथ पाण्डे
प्रमुख कार्यकारी अधिकृत,सूर्या लाइफ इन्स्योरेन्स
बीमालेख व्यतीत हुनुका विभिन्न कारण हुन्छन् । कहिलेकाहीँ कम्पनीले बिक्री गर्ने बीमालेख नराम्रो भएर पनि व्यति अनुपात बढ्न सक्छ । तर, नेपालको परिप्रेक्षमा हेर्ने हो भने अभिकर्ताले दिने सूचनामा कमी भएकै कारण बीमलेख व्यतित हुने गर्छ । कतिपय अभिकर्ताले जबर्जस्ती बीमा गराउँछन् भने कतिपयले आफ्नो नाफाका लागि अभिकर्तालाई बीमालेख सरेन्डर गर्न लगाउँछन् । त्यसका साथै बीमित आफैँ सचेत नभएर पनि बीमालेख व्यतित हुन्छ ।

उदयराज अधिकारी
जोखिम तथा बीमाविज्ञ
अभिकर्ताले बीमितलाई बीमालेखासम्बन्धी सम्पूर्ण जानकारी दिएनन भने पनि बीमालेख व्यतित हुन्छ । नयाँ कम्पनी आउँदा यो सम्भवना बढी छ । बजार सानो, बीमा योजना एउटै छ । जसका कारण बीमित सजिलै डाइभर्ट हुन सक्छन् । बीमालेख व्यतित हुँदा कम्पनीको नगद प्रवाह कम हुन्छ । जीवन बीमा कोष घट्छ । कम्पनीको बोनसदरमा प्रत्यक्ष असर गर्छ । इन्सेन्टिभमा पनि प्रभाव पर्छ । व्यतित अनुपात घटाउन कम्पनीले राम्रोसँग अन्डरराइटिङ्ग गर्नुपर्छ । पोलिसी बिक्री गर्दा सबै सूचना दिनुपर्छ र अभिकर्तालाई राम्रोसँग परिचालन गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS