IME Life New

तरलताको असहज अवस्थामा पनि पुरै बिक्यो एनआईसी एशिया फ्लेक्सी क्याप फन्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तरलता अभावको चरम अवस्थामा पनि एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड निष्काशनको पहिलो चरणमै बिक्री भएको छ । तरलता अभावका कारण सार्वजनिक निष्काशनका माग भन्दा कम आवेदन पर्न थालेको छ । अझ म्युचुअल फण्डमा सर्वसाधारण लगानीकर्ताको खासै आकर्षण नदेखिने भएकाले अन्य फण्डले लामो समयसम्म बिक्री खुला गर्नु पर्थ्यो ।

कम्पनीले पहिलो चरणमा जेठ १९ गतेदेखि २३ गतेसम्म निष्काशन गरेको थियो । पहिलो चरणमा माग बराबरको आवेदन परे पछि आवेदन रद्द हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै फण्डले आजसम्म निष्काशन खुला राखेको छ । लगानीकर्ताले आज बैंकिङ समयसम्म आवेदन दिन सक्ने छन् ।

Esewa
Crest

एन आई सी एशिया फ्लेक्सी क्याप फण्डमा जेठ २४ गते साँझ ५ः३० बजेसम्म ९२,२९० आवेदकबाट १ अर्व ६ करोड भन्दा बढी इकाई खरिदको लागि आवेदन परेको छ । उक्त एन आई सी एशिया फ्लेक्सी क्याप फण्डको आकार १ अर्वबाट बृद्धि गरी १ अर्व २५ करोडसम्म कायम गर्न सकिने हुँदा उक्त योजनाको इकाई खरिद गर्नका लागि मिति २०७९ जेठ, २५ गते बैंकिङ्ग समयसम्म आवेदन दिन सकिनेछ ।
एन आई सी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको यस एन आई सी एशिया फ्लेक्सी क्याप फण्ड सात वर्ष अवधि रहेको चौथो बन्दमुखी योजना हो । योजनामा संकलित अधिकांश रकम धितोपत्रको दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गरिने छ ।

उक्त योजनाको प्रमुख विषेशता भनेको योजनामा संकलित रकम सूचिकृत कम्पनीहरुमा लगानी गर्दा सूचिकृत कम्पनीहरुलाई स्मल क्याप, मिड क्याप र लार्ज क्याप गरी तीन समूहमा वर्गिकरण गरिनेछ । जुन क्याप भित्र रहेका कम्पनीहरुबाट भविष्यमा राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ, सोही समूह अन्तर्गतका कम्पनीहरुमा लगानी गरिन्छ । उक्त योजनाको न्यूनतम १०० इकाई र अधिकतम १ करोड इकाईसम्मको लागि खरिद आवेदन दिन सकिन्छ भने इकाई खरिदको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्वा सेवामा सहभागी सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहको शाखा कार्यालय र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको “मेरो शेयर”सफ्टवेयर मार्फत आवेदन दिन सकिनेछ ।

उक्त फण्डमा लगानी गर्ने इकाईधनीहरुलाई योजनाको अवधिभरमा १३६ प्रतिशत भन्दा बढी प्रतिफल वितरण गरिने प्रक्षेपण गरिएको छ । इकाई खरीदका लागि नेपाली नागरिक, गैरआवासीय नेपालीको प्रमाणपत्र (परिचय पत्र) जारी भएका व्यक्ति, प्रचलित कानून बमोजिम दर्ता भएका नेपाली फर्म, संघ संस्था, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, कुनै पनि वर्ग वा समूहले खडा गरेको कोषहरु जस्तै सञ्चयकोष, कल्याणकारी कोष, गुठी, अक्षय कोष आदिले इकाई खरिद गर्नका लागि आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS