IME Life New

तपाईंलाई आईएमई लाइफको आइपीओ पर्यो ? कतिमा होला पहिलो कारोवार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आईएमई लाइफको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । नेप्सेले कम्पनीलाई पहिलो शेयर कारोबारका लागि न्युनतम प्रतिकित्ता १७६ रुपैयाँ ५३ पैसा देखि अधिकतम ५२९ रुपैयाँ ५९ पैसा सम्म रेञ्ज दिने सम्भावना देखिएको छ । पहिलो कारोवारको लागि कम्पनीले वास्तविक किताबी मूल्य देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन् । कम्पनीको आर्थिक वर्ष ७८/७९ को वास्तविक नेट्वर्थको आधारमा रेञ्ज पाउने सम्भावना छ । स्पेसल प्री ओपनिङ सेशनमा सो रेञ्ज भित्र पहिलो कारोवार हुनुपर्छ । त्यसपछि मात्र कम्पनीको नियमित समयमा शेयर कारोवार शुरू हुन्छ ।

सर्वसाधारण तर्फबाट कम्पनीको आईपीओमा ९ लाख ६० हजार आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् । त्यस्तै पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको आइपीओमा ८० कित्तासम्मको लागि आवेदन दिने लगानीकर्ताले माग गरे बमोजिम शेयर पाएका छन् भने ८० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिने आवेदकले समान ८० कित्ताको दरले शेयर पाएका छन् भने १ हजार ४ सय ८९ जनाले गोलाप्रथाबाट थप १० कित्ताका दरले शेयर पाएका छन् ।

Esewa
Crest

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि ग्लोबल आइएमई क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

57%
happy

खुसी

6%
sad

दु :खी

15%
amazed

अचम्मित

6%
excited

उत्साहित

15%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS