IME Life New

झापाको बाह्रदशीमा हिमालयन लाइफ इन्स्योरेन्सको बीमा जागरण अभियान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड बिर्तामोड शाखाले बाह्रदशी गाउँपालिका वडा नम्बर ५ मा बीमा जागरण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम वडा अध्यक्ष वीर बहादुर सिंह राजवंशीको प्रमुख आथित्यता तथा कम्पनीका प्रदेश उप प्रमुख नवीन मिश्रको विशिष्ट अतिथिको उपस्थिति साथै शाखा प्रमुख बद्री प्रसाद भण्डारीको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको हो ।

एजेन्सी म्यानेजर श्रृजना ढुंगेलले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य एजेन्सी म्यानेजर श्याम प्रसाद रिजालले राखेका थिए ।

Esewa
Crest

कार्यक्रममा बोल्दै अध्यक्ष राजवंशीले बीमा जागरण अभियानले स्थानीय निकाय तथा सर्वसाधरणलाई बीमा सम्बन्धी जनचेतना हुने साथै आगामी दिन हरुमा पनि यस्ता कार्यक्रम गर्नु पर्ने जोड दिए।

उपप्रमुख भोला कृष्ण मिश्रले बीमा जागरण अभियानका लागि इन्स्योरेन्सले थालेको पहलले सर्वसाधारणलाई बीमाको दायरामा समेट्न सबै पक्षको हातेमालो जरुरी भएको बताए ।

कार्यक्रममा वडा सदस्य, एजेन्सी मेनेजर , स्थानीयबासी लगायत भव्य सहभागी रहेको थियो।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS