IME Life New

ज्योति विकास बैंकको ज्योति रिकरिङ्ग खाता संचालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति विकास बैंकले ‘ज्योति रिकरिङ्ग डिपोजिट’ निक्षेप योजना संचालनमा ल्याएको छ। ग्राहकहरुलाई अधिकतम लाभ प्रदान गराउनुका साथै नियमित बचत गर्ने बानीको विकास गराउने उद्देश्यका साथ आकर्षक ब्याजदर सहितको ज्योति रिकरिङ्ग खाता संचालनमा ल्याइएको हो।

उक्त योजना अन्तर्गत ग्राहकहरुले आवश्यकता अनुसार १ वर्ष देखि १० वर्ष सम्मका लागी मासिक रुपमा रकम जम्मा गर्न सक्नेछन्। व्यक्तिगत ग्राहकलाई लक्षित गरी ल्याइएको यस खातामा मासिक रुपमा न्यूनतम रु। ५०० का दरले क्रमिकरुपमा रकम जम्मा गर्दै जान सकिनेछ ।

Esewa
Crest

नियमित आम्दानी प्राप्त गर्ने रोजगारीमा भएका वर्ग, साना उद्यमी व्यवसायी, निश्चित आम्दानी भएका कृषक, रेमिटान्स प्राप्त गर्ने ग्राहक, नवविवाहित दम्पति, युवा(युवतीहरु, अभिभावक वर्गहरुले भविष्यमा एकमुस्ट रकम प्राप्त गर्नको लागी मासिक रुपमा चाहेको निश्चित रकम नियमित रुपमा जम्मा गरि तोकिएको समय व्यतित भए पश्चात एकमुस्ट भुक्तानी लिन सक्नेछन्। साथै, आवश्यक परेको खण्डमा मौज्दातको ९० प्रतिशतसम्म ऋण सुविधाको व्यवस्था पनि छ।

ज्योति विकास बैंक ग्राहक केन्द्रित भई ग्राहकहरुको आवश्यकता र मागहरुलाई अनुसरण गर्दै नवीनतम सुविधाहरु ल्याई ग्राहकहरुको बैंकसंगको कारोबारलाई थप दिर्घकालिन र प्रभावकारी बनाउन सक्रिय रहँदै आएको छ।
ज्योति विकास बैंकले हाल ११८ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ६५ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS