IME Life New

जोखिम पहिचान गर्न बीमा समितिले बीमकलाई दियो टुल किट, जोखिममा आधारित पूँजीको अवधारणा लागू गर्न सहयोगी हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले बीमकहरुलाई स्वःजोखिम मूल्यांकन र वित्तीय दायीत्व बहन क्षमता मूल्यांकन गर्नको लागी मार्गदर्शन उपलब्ध गराएको छ । बीमा क्षेत्रमा समेत जोखिममा आधारित पूँजीको अवधारणा लागू गर्ने घोषणा गरेको समितिले बीमकहरुलाई सोही प्रयोजनको लागी पहिलो चरणमा स्वःजोखिम मूल्यांकन गर्नको लागी सहयोगी दस्तावेज दिएको हो ।

समितिले बीमकको सहजीकरणको लागी १०३ पाने ओन रिस्क सेल्फ एसेसमेन्ट टुलकिट(ओआरएसए) उपलब्ध गराएको छ । जोखिममा आधारित पूँजी निर्धारण प्राविधिक विषय भएको र बीमकहरुलाई यसबारे अनुभव नभएको कारण देखाउँदै जीवन बीमक संघ नेपाल र बीमक संघले बीमा समिति समक्ष प्राविधिक सहयोगको लागी अनुरोध गरेका थिए । बीमकहरुको अनुरोधको आधारमा समितिले विशेषज्ञहरुबाट टुलकिटको रुपमा मार्गदर्शन उपलब्ध गराएको हो ।

Esewa
Crest

उपकरणमा जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीको लागी बेग्ला बेग्लै जोखिमांकनको उपकरण उपलब्ध गराइएको छ । जीवन बीमकको लागी निर्धारण गरिएको जोखिमको शीर्षकहरुमा बायोमेट्रिक जोखिम, खर्च जोखिम, व्यतित बीमा जोखिम, महाविपत्ति जोखिम, पूनर्बीमा जोखिम, एकीकृत जोखिम, लगानी सम्बन्धित जोखिम, सम्पत्ति दायीत्व व्यवस्थापन जोखिम तथा तरलता जोखिम, उधारो जोखिम, संचालन जोखिम, बजार सिर्जित जोखिम, स्थायीत्व जोखिम रहेको छ ।

बायोमेट्रिक जोखिममा अल्पायूमा मृत्युको जोखिम, दीर्घायूको जोखिम, अपाङगताको जोखिम समेटिएको छ । अल्पायूमा बीमितको मृत्यु भएमा थोरै बीमाशुल्क आम्दानी नहुँदै बीमा दाबीवापत ठूलो रकम भुक्तानी दिनुपर्छ भने दीर्घायू जोखिम अन्तर्गत बीमित लामो समय बाँचे थप रकम भुक्तानी दिने प्रतिबद्धता जनाएको अवस्थामा बीमा कम्पनीमाथि थप वित्तीय जोखिम आइपर्छ ।

प्रस्तावित उपकरणमा निर्जीवन बीमकहरुको लागी अण्डरराइटिङ (जोखिमांकन) जोखिम, जगेडा जोखिम, महाविपत्ति जोखिम, एकीकृत जोखिम, पूनर्बीमा जोखिम, बजार जोखिम र अस्तित्वको जोखिम सहित सात प्रकारका जोखिमहरुको स्वःमूल्यांकन गर्न सुझाव दिइएको छ ।

यो ओआरएसए उपकरण जोखिममा आधारित पूँजीको जोखिम व्यवस्थापनमा नियामक प्रावधानहरू सोल्भेन्सी निर्देशन, २०७८,को
अधीनमा रहेको छ।

बीमा समितिले चाहेको बीमकहरूको ओआरएसए निर्देशन २०२३ को प्रारम्भमा जारी गर्न र बीमा कम्पनी, २०७६ को लागी जोखिम व्यवस्थापन दिशानिर्देशहरू पालना गर्ने गरी तयार पारिएको छ। यस उपकरणको सामग्रीले कुनै पनि बीमकको लागि नियामक प्रावधान वा जोखिममा अघिल्लो दिशानिर्देशलाई उपेक्षा गर्दैन ।

यस कागजातले बोर्ड, वरिष्ठ व्यवस्थापन र बीमाकर्ताहरूको प्रमुख कर्मचारीहरूलाई मद्दत गर्ने लक्ष्य राखेको छ,बीमा  समितिलाई बीमक र यसका प्रमुख चालकहरूको वर्तमान र अनुमानित जोखिम प्रोफाइल बुझ्न, यसको व्यापार योजनालाई समर्थन गर्न उपलब्ध पूँजीको पर्याप्तता बुझ्न,जोखिम प्रोफाइलमा कुनै पनि भौतिक परिवर्तनहरू बुझ्न,नियामक पूँजी द्वारा नसमेटिएका जोखिमहरू पहिचान गर्न, वासलातको पानाका प्रमुख चालकहरू बुझ्न, जोखिम कम गर्न सम्भावित व्यवस्थापन कार्यहरू पहिचान गर्न सघाउने छ ।

साथै आफ्नो जोखिम र समाधान मूल्याङ्कनुमा बीमकहरु र पूनर्बीमकहरुको लागि क्षमता निर्माण, ओआरएसएको कार्यान्वयनको लागि बीमक र पूनर्बीमाकलाई सल्लाह, ओआरएसएको सामान्य सञ्चालनको लागि निर्देशन, र जोखिममा आधारित ढाँचा भित्र ओआरएसएको पर्यवेक्षणको लागि क्षमता निर्माण गर्ने उद्देश्य रहेको बीमा समितिले मार्गदर्शनमा उल्लेख गरेको छ ।

ORSA-Toolkit_August-2022

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS