IME Life New

जुनसुकै बीमा दाबीमा बीमकलाई तत्कालै सूचना दिनु महत्वपूर्ण खुड्किलो पार गर्नु हो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन वा निर्जीवन बीमाअन्तर्गत बीमा दाबी गर्दा जतिसक्दो चाँडो सम्बन्धित बीमक अर्थात् बीमा कम्पनीलाई दाबी सिर्जना भएको अवस्थाबारे जानकारी गराउनुपर्छ। बीमाको अवधि पूरा भएको अवस्थामा बाहेक अपर्झट बीमाको सर्तअन्तर्गतको कुनै अवस्था सिर्जना भएर दाबी गर्ने आधार तयार भएलगत्तै दाबीकर्ताले बीमकलाई जानकारी दिनुपर्छ, ढिलो गर्नु हुँदैन।

बीमित वा दाबीकर्ताको हैसियतमा तपाइँले जतिसक्दो छिटो बीमकलाई जानकारी दिनुहुन्छ, तपाइँको दाबीको प्रक्रिया सुरु हुने वा स्वीकृत हुने सम्भावना उति नै छिटो हुन्छ। दाबी भुक्तानी मार्गदर्शन, २०८१ को प्रावधानअनुसार दाबी योग्य अवस्था उत्पन्न भएमा दाबीकर्ताले यथासम्भव छिटो बीमकलाई जानकारी गराउनुपर्छ। यस्तो जानकारी दाबीकर्ताले मौखिक, टेलिफोन, इमेल वा अन्य कुनै माध्यमबाट समेत सूचना दिएर गराउन सक्छ।

Esewa
Crest

कुनै पनि दाबीयोग्य अवस्था उत्पन्न भएलगत्तै बीमकलाई जानकारी गराएको अवस्थामा ढिलो गरी जानकारी दिएको बहानामा बीमकले दाबी अस्वीकृत गर्न सक्ने अवस्था हुँदैन। यस्तो अवस्थामा बीमकले दाबीको प्रक्रिया अघि बढाउनै पर्छ।

नेपाल बीमा प्राधिकरणले जारी गरेको दाबी भुक्तानी मार्गदर्शनका अनुसार प्रारम्भिक जानकारी जुनसुकै माध्यमबाट प्राप्त भए पनि त्यसले वैधता प्राप्त गर्नेछ। तर, यस्तो सूचना दिएको पुष्टि गर्ने दायित्व दाबीकर्ताको हुन्छ। औपचारिक रुपमा दाबीको प्रकृया थालनी गर्नुपूर्व चाहिँ बीमकले बीमित वा दाबीकर्तासँग लिखित जानकारी चाहिँ माग्छ। यस्तो अवस्थामा दाबीकर्ताले हस्तलिखित निवेदन वा बीमकले उपलब्ध गराएको दाबी सूचना फारममा दाबीसम्बन्धी विवरण लेखेर दर्ता गराउनुपर्छ। यस्तो निवेदन दर्ता गराएपछि त्यसको प्रमाण बीमकसँग बीमितले माग्नुपर्छ।

कुनै–कुनै बीमालेखमा दाबी गर्ने हदम्याद उल्लेख गरिएको हुन्छ। त्यसैले यस्तो हदम्यादको सम्बन्धमा तपाई सचेत रहनुपर्छ। दाबी योग्य अवस्था सिर्जना भएलगत्तै बीमकलाई जानकारी दिँदा हदम्यादबारे अनभिज्ञताको अवस्था वा यकिन हुन नसकेको अवस्थामा समेत हदम्याद गुज्रिने तनाव बोक्नुपर्दैन। मार्गदर्शनको दफा ४ मा उल्लेखित प्रावधानअनुसार जीवन बीमाअन्तर्गत परिपक्व भएको बीमालेखको हकमा दाबी भुक्तानीको सूचना दिनुपर्दैन साथै यसमा हदम्याद पनि लाग्दैन।

दाबीसम्बन्धी सूचना प्राप्त भएपछि दाबीकर्ताले आवश्यक कागजात पेस गरे, नगरेको यकिन गरेर थप कागजात तथा विवरण आवश्यक भएमा लिखित रुपमा मागेर बीमकले यसको लिखित रुपमा अभिलेख राख्नुपर्छ। यस्तो अभिलेख विद्युतीय माध्यममा समेत राख्नुपर्छ।

दाबी भुक्तानी मार्गदर्शनको प्रावधानअनुसार बीमकले आफ्नो प्रत्येक कार्यालयमा दाबी दर्ता किताबको व्यवस्था गर्नुपर्छ। यस्तो दर्ता किताबमा बीमा दाबी सम्बन्धमा कुनै पनि जानकारी प्राप्त भएलगत्तै बीमकले जानकारी सहितको विवरण उल्लेख गर्नुपर्छ।

बीमकले दाबी दर्ता किताबमा समावेश गर्नुपर्ने विषयहरूः

(क) दाबी परेको मिति,
(ख) दाबीकर्ताको नाम, ठेगाना तथा सम्पर्क नम्बर,
(ग) दाबीकर्ताको बीमितसँगको सम्बन्ध
(घ) दाबी सम्बन्धि सूचना गरेको माध्यम
(ङ) दाबी परेपछि निवेदन दर्ता गरेको भए सोको मिति
(च) दाबी परेको बीमाको विषय
(ज) मृत्यु वा दुर्घटना भएको स्थान

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS