IME Life New

विश्वकप फुटबलका खेलहरुको अवैध स्ट्रिमिङ गर्ने हजारौँ वेबसाइट बन्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी न्याय विभाग (डीओजी)ले विश्वकप फुटबलका खेलहरुको अवैध स्ट्रिमिङका कारण लगभग ३ हजार वेबसाइट बन्द गरिएको जनाएको छ।

प्रतियोगिताका क्रममा अमेरिकामा मात्र १ हजारभन्दा बढी डोमेन बन्द गरिएका थिए र कोलम्बियामा पनि त्यति नै संख्यामा डोमेन ब्लक गरिएका थिए।

Esewa
Crest

अमेरिका र दक्षिण अमेरिकाभरका प्रवर्तन एजेन्सीहरुले ‘अपरेसन अफसाइड्स’ र ‘अपरेसन रेड कार्ड’ कोडनामको अनुसन्धानको भागका रुपमा कारबाही गरेका थिए। अमेरिकाको राष्ट्रिय बौद्धिक सम्पत्ति अधिकार समन्वय केन्द्र (एनआईपीआरसीसी)का निर्देशक इभान जे. एरेभालोले विश्वकप खेलहरुको अनधिकृत प्रसारणले बौद्धिक सम्पत्ति अधिकारको उल्लंघन गर्ने र ‘आपराधिक संस्थाहरुलाई प्रवर्द्धन गर्ने’ बताएका छन्।

डीओजीले गत महिनाको अन्त्यतिर अवैध विश्वकप स्ट्रिमिङका लागि ४०० वेबपेज हटाएको जनाएको छ। सयौँ थप अब हटाइएका वा ब्लक गरिएका छन्। ‘विश्वकपको अवैध स्ट्रिमिङका लागि सिर्जना गरिएका एक हजारभन्दा बढी डोमेन बन्द गर्ने निरन्तर प्रयासले बौद्धिक सम्पत्ति अधिकार र २०२६ फिफा विश्वकपको सफलताप्रति प्रशासनको प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ’, टायसन डुभाले भने। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS