IME Life New

प्रशान्त महासागर मुनि फेला पर्यो ‘पहेँलो इँटाको बाटो’, १०२९ मिटरको गहिराइमा कसले बनायो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वैज्ञानिकहरुले प्रशान्त महासागर मुनि ‘पहेँलो इँटाको बाटो’ जस्तो अचम्मलाग्दो संरचना पत्ता लगाएका छन्।

महासागर अन्वेषण ट्रस्टको एक अनुसन्धान जहाजले प्रशान्त महासागरमा एक अभियानका क्रममा यसलाई पत्ता लगाएको हो। यो संरचना पापाहनामोकुआकेआ समुद्री राष्ट्रिय स्मारक भित्र १ हजार २९ मिटरको गहिराइमा फेला परेको छ। ओसनोग्राफी सोसाइटीको प्रतिवेदनअनुसार यसको ढाँचा यति व्यवस्थित थियो कि यो इँटाको बाटो जस्तो देखिन्थ्यो।

Esewa
Crest

वैज्ञानिकहरुका अनुसार यो एक प्राकृतिक भूगर्भीय संरचना हो। सम्भवतः हाइलोक्लास्टाइट एक प्रकारको ज्वालामुखी चट्टानका टुक्राहरु मिलेर बनेको छ। यो चट्टान तब बन्छ जब तातो म्याग्मा चिसो पानीको सम्पर्कमा आउँछ। जसले गर्दा ज्वालामुखी चट्टान टुक्रिन्छ।

अनुसन्धानकर्ताहरु विश्वास गर्छन् कि यसको पहेँलो रङ ज्वालामुखी गिलासको हाइड्रोथर्मल परिवर्तनको कारण हुन सक्छ। यो सन् २०२२ मा पत्ता लागेको थियो जब महासागर अन्वेषण ट्रस्टको अनुसन्धान जहाज, ई÷भी नटिलस, प्रशान्त महासागरमा अनुसन्धान अभियानमा थियो। टोलीले गहिरो समुद्री सर्वेक्षणका लागि टाढाबाट नियन्त्रित स्वायत्त प्रणाली प्रयोग गर्यो। यस समयमा वैज्ञानिकहरुले १ हजार २९ मिटरको गहिराइमा यो संरचना अवलोकन गरे। यसका दरारहरु एकअर्कालाई समकोणमा काट्छन्। जसले गर्दा यो इँटाको बाटो जस्तो देखिन्छ।

यसलाई सुरुमा पहेँलो इँटाको बाटो भनिन्थ्यो। तर, अध्ययनहरुले पत्ता लगाए कि यो मानिसहरुले बनाएको थिएनन्। न त त्यहाँ केही राखिएको थियो। वैज्ञानिकहरु विश्वास गर्छन् कि मानव बाटोको सट्टा यो भाँचिएको हाइक्लोस्टाइटको टुक्रा हो। यसका दरारहरु एकअर्कालाई धेरै व्यवस्थित ढाँचामा काट्छन्। जसले गर्दा यसलाई सडकजस्तो देखिन्छ।

यसको पहेँलो रङ प्राकृतिक कारणले हुन सक्छ। अनुसन्धानकर्ताहरुले यसलाई ज्वालामुखी गिलासमा कम–तापमानको हाइड्रोथर्मल परिवर्तनका कारणले गर्दा हुन्छ। यसले चट्टानहरुसँग सम्पर्कमा आउने तातो तरल पदार्थको कारणले हुने परिवर्तनलाई जनाउँछ। यो प्रक्रियाले यो बनिसकेपछि सामग्रीलाई परिवर्तन गर्छ। फलामको अक्सिजहाइड्रोक्साइड बन्छ। जसले सतहलाई पहेंलो बनाउँछ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS