काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयरको इजाजतपत्रसम्बन्धी परीक्षाका लागि पाठ्यक्रम स्वीकृत गरेको छ।
प्राधिकरणले बीमा नियमावली, २०८१ को नियम ६३ बमोजिम लिइने परीक्षाको पाठ्क्रम स्वीकृत गरेको हो। यसअघि बीमा अभिकर्ताका लागिमात्र पाठ्यक्रम स्वीकृत गरिएको थियो।
यसका साथै बीमा सर्भेयरको केवाईसी अपडेट र पोर्टफोलियो छनौट गर्ने गरी कार्य सञ्चालनको व्यवस्था मिलाइएको छ।
यसैगरी प्राधिकरणबाट बीमा सर्भेयरको इजाजतपत्र नवीकरणतर्फ ७२४ वटा इजाजतपत्र नवीकरण भइसकेको छ। बाँकी इजाजतपत्र नवीकरणको प्रक्रियामा रहेका छन्।












