IME Life New

कर्पोरेट रेटिङमा घोराही सिमेन्टजस्तै केयर रेटिङ्सको अर्को काण्ड, धितोपत्र बोर्ड मौन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रत्यक्ष रुपमा स्वार्थको द्वन्द्व हुने गरी केयर रेटिङ केयर रेटिङ्स नेपालले त्रिवेणी ग्रुपअन्तर्गतको टीजी अटो ग्रुप प्राइभेट लिमिटेडलाई १ अर्ब रुपैयाँ बैंक कर्जा दिलाउन बैंकिङ कर्जा सुविधाको पुनः रेटिङ गरेको छ।

अल्पकालीन बैंकिङ कर्जा प्रयोजनका लागि गरिएको वित्तीय सबलता मूल्यांकनमा केयर रेटिङ्स नेपालले टीजी अटो ग्रुपलाई दिएको रेटिङमा स्तरोन्नति गर्दै केयर एनपी ए३ प्लस कायम गरेको हो। रोयल इन्फिल्ड मोटरसाइकलको नेपालकै एकमात्र एसेम्बलर तथा बिक्रेताका रुपमा रहेको टीजी अटो ग्रुपको यो रेटिङ बाहिरिएसँगै नेपालको धितोपत्र बजारमा स्वार्थको द्वन्द्वसम्बन्धी नयाँ तरंग पैदा भएको छ।

Esewa
Crest

रेटिङ प्रतिवेदनअनुसार टीजी अटो ग्रुपको बोर्डको नेतृत्व त्रिवेणी ग्रुपका प्रवर्द्धक वीरेन्द्र कुमार संघईले गरिरहेका छन्। संघई परिवार र त्रिवेणी ग्रुपको मुख्य लगानी तथा नियन्त्रण रहेको आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको केयर रेटिङ्स नेपालमा झन्डै ५ प्रतिशत संस्थापक शेयर स्वामित्व रहेको छ। रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालको जग बसाल्ने र नाफा बाँड्ने हिस्सेदारकै अर्को भगिनी वा मुख्य नियन्त्रण भएको कम्पनीको वित्तीय स्वास्थ्य जाँच हुनु आफैँमा अनैतिक र शंकास्पद मानिन्छ।

केयर रेटिङ्स नेपालमा वीरेन्द्र कुमार संघईको प्रभाव

नेपाल धितोपत्र बोर्डको क्रेडिट रेटिङ नियमावली, २०६८ को नियम ३४ उपनियम (२) मा क्रेडिट रेटिङ एजेन्सीहरुलाई मुख्य शेयरधनी सम्बद्ध कम्पनीहरुको रेटिङ गर्न पूर्ण रुपमा बन्देज लगाएको छ। जसमा रेटिङ एजेन्सीका प्रवर्द्धक, सञ्चालक वा उनीहरुका मुख्य लगानी भएका अन्य संस्थाहरुको प्रत्यक्ष वा अप्रत्यक्ष हित जोडिएको हुन्छ।

केयर रेटिङ्स नेपालमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको शेयर स्वामित्व। श्रोतः केयर रेटिङ्सस नेपालको वित्तीय प्रतिवेदन

ऐनको प्रावधान अनुसार रेटिङ एजेन्सीको शेयरधनी रहेको बीमा कम्पनीका मुख्य प्रवर्द्धक वीरेन्द्र कुमार संघाई र त्रिवेणी ग्रुपको अर्को कम्पनीलाई केयर रेटिङ्सले रेटिङ गर्नु प्रचलित कानुनको धज्जी उडाउनु हो। यस्तो अवस्थामा रेटिङ एजेन्सीले आफ्नो शेयरधनीको प्रभावमा परी रेटिङ स्कोर बढाउने वा व्यावसायिक कमजोरीहरु लुकाउने उच्च जोखिम रहन्छ।

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा वीरेन्द्र कुमार संघाइको शेयर स्वामित्व । श्रोतः आइजिआई प्रुडेन्सियल

टीजी अटो ग्रुपको व्यवसाय र यसको वित्तीय अवस्था जतिसुकै सबल देखिए पनि प्रक्रियागत र कानुनी रुपमा यो रेटिङ स्वार्थको द्वन्द्व को दायराभित्र पर्छ। बजार विश्लेषकहरुका अनुसार धितोपत्र बोर्डले यस्ता संस्थागत सेटिङ र क्रस होल्डिङ (सञ्जाल लगानी) माथि आँखा चिम्लँदा समग्र पुँजी बजारको विश्वसनीयतामाथि नै सर्वसाधारणको अविश्वास बढ्ने खतरा पैदा भएको छ।

घोराही सिमेण्टको रेटिङमा बदमाशी गरेपछि सेबोनद्वारा केयर रेटिङ नेपालविरूद्ध गरिएको जरिवानासहितको कारवाही

यसअघि पनि केयर रेटिङ्स नेपालले स्वार्थको प्रत्यक्ष द्वन्द्व हुने गरी घोराही सिमेन्टको प्रिमियममा शेयर निष्कासन गर्ने प्रयोजनका लागि इस्युअर रेटिङ गरेको थियो। घोराही सिमेन्टले ह्रास कट्टीलगायतका खर्च लुकाएर बनाएको फर्जी प्रतिवेदनका आधारमा केयर रेटिङ्गसले इस्युअर रेटिङ गर्दा अहिले हजारौँ सर्वसाधारण ठगिनु परेको छ। यो विषयमा धितोपत्र बोर्डले केयर रेटिङ्स नेपालविरुद्ध ५० हजार हजार जरिवानासहितको कारबाही गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS