IME Life New

फेरि अर्को संकटः होर्मुजपछि यो समुद्रीमार्ग पनि अवरुद्ध, कच्चा तेलको भाउ २०० डलर पुग्ने !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पश्चिम एसियामा युद्ध जारी छ। अमेरिका र इरानले तीव्र आक्रमणको सामना गरिरहेका छन्। जसले गर्दा अन्तर्राष्ट्रिय कच्चा तेल बजारमा अशान्ति फैलिएको छ।

विश्वको तेल आवश्यकताको लगभग २० प्रतिशत आपूर्ति गर्ने होर्मुज समुद्रीमार्ग बन्द हुनुले पहिले नै विश्वव्यापी तेल र ग्यास संकट सिर्जना गरिसकेको छ। अब अर्को नराम्रो खबर आएको छ।

Esewa
Crest

इरानले होर्मुज बन्द गरेको बेला इरानी समर्थित हुथी विद्रोहीहरुले तेल र ग्यासको आवागमनका लागि महत्वपूर्ण अर्को समुद्रीमार्ग बाब–एल–मन्डेबलाई अवरुद्ध गरेका छन्। यो साउदी अरेबियाका लागि गरिएको भए पनि यसले विश्वलाई आतंकित बनाएको छ।

यमनका हुथी विद्रोहीहरुले तुरुन्तै प्रभावकारी रुपमा साउदीविरुद्ध नौसेना नाकाबन्दीको घोषणा गरेपछि चलिरहेको अमेरिका–इरान युद्धले नयाँ मोड लियो। यो कदमले रणनीतिक रुपमा महत्वपूर्ण बाब–एल–मन्डेबबाट गुज्रने तेल र ग्यास ढुवानीमा ठूलो अवरोध हुने सम्भावना बढाउँछ। यो नयाँ संकट अमेरिका–इरान युद्धबीच देखा परेको छ। जसले हर्मुजलाई लगभग बन्द गरेको छ र विश्वव्यापी ऊर्जा बजारलाई बाधा पुर्याएको छ।

मध्यपूर्व तनावबीच साउदीविरुद्ध हुथीहरुको यो कारबाही पनि चिन्ताको विषय हो। किनकि होर्मुज बन्द गर्नाले विश्वव्यापी ऊर्जा आपूर्ति र समुद्री व्यापारका बारेमा चिन्ताहरु थप बढाउन सक्छ। यमनले गत हप्तामात्र बाब–एल–मन्डेब समुद्रीमार्ग बन्द गर्ने धम्की दिएको थियो र अब यो साउदीका लागि बन्द गरिएको छ।

बाब–एल–मन्डेब एउटा महत्वपूर्ण चोकप्वइन्ट हो। जसले लाल सागरलाई एडेनको खाडी र हिन्द महासागरसँग जोड्छ। अवरोधले विश्वव्यापी ढुवानीमा बाधा पुर्याउन सक्छ र कच्चा तेलको मूल्य आकाश छोएको छ।

विश्वको सबैभन्दा व्यस्त समुद्रीमार्गमध्ये एउटा बाब–एल–मन्देबले सुएज नहरको दक्षिणी प्रवेश विन्दुका रुपमा पनि काम गर्दछ र विश्वव्यापी समुद्री व्यापारको लगभग १० देखि १२ प्रतिशत हिस्सा ओगटेको छ। विज्ञहरुका अनुसार यी दुई समुद्रीमाग बन्द जारी रहेमा कच्चा तेलको मूल्य प्रतिब्यारेल २०० डलर पुग्न सक्छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS