IME Life New

जीवन बीमा सम्वन्धी बुझाई र वास्तविकता : स्वस्तिराज ओलीको विचार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

स्वस्तिराज ओली ,सिनियर एजेन्सी म्यानेजर, युनियन लाईफ इन्स्योरेन्स कम्पनी

बीमा जोखिम हस्तान्तरण गर्ने बीमक र बीमित बीचको लिखित करार हो । निश्चित बीमाशुल्कको आधारमा बीमा खरिद गर्ने व्यक्तिले अनिश्चित जोखिम हस्तान्तरण गरि उचित क्षतिपूर्ति प्राप्त गर्ने कानूनी आधार हो ।

जीवन बीमा भनेको कुनै व्यक्तिको जीवन सम्बन्धमा निजको आयुको आधारमा किस्ताबन्दी बुझाउने गरी कुनै खास रकम तिरेमा निजले वा निजको मृत्यु भएको अवस्थामा निजको हकवालाले कुनै खास रकम पाउने गरी गरिने करार सम्बन्धि व्यवसाय सम्झनुपर्छ ।

Esewa
Crest

जीवन बीमा भनेको आम मान्छेले मृत्यु पश्चात मात्र पाइने रकम भन्ने बुझिएको पाइन्छ, तर यो गलत बुझाई हो । जीवन बीमामा बीमा योजना तथा पूरक करारमा उल्लेख भएअनुसार अग्रिम भुक्तानी, समर्पण मूल्य, कर्जा ,बीमा अवधि समाप्ती भएमा त्यसवापत प्राप्त हुने रकम ,स्थायीपूर्ण अपाङ्ग र अशक्तता वापतको लाभ जसअन्तर्गत दोहोरो दुर्घटना लाभ,बीमा शुल्क छुट, मासिक आय जस्ता कुराहरु समेत प्राप्त हुन्छ साथै व्यक्तिको निधन भएमा त्यस वापतको रकम बीमितको इच्छाईएको व्यक्ति वा हकवालाले प्राप्त गर्ने हो।

त्यसैगरि जीवन बीमालाई लगानीको रुपमा पनि बुझिएको पाइएको छ, यो पनि गलत  बुझाई हो । लगानी र बीमा आँफैमा फरक (फरक अ​​​र्थ दिने शव्द हुन् र यिनिहरुको उदेश्य पनि फरक छ। लगानीमा नाफा र बीमामा जोखिम न्युनिकरण जस्ता उद्देश्य रहेका हुन्छन।त्यसैले बीमालाई जोखिमको दृष्टिकोणबाट ब्याख्या गर्नु उपयुत्तm हुन्छ।

अर्को कुरा बीमा कम्पनीहरुलाई आम मानिसले त्यति धेरै बिश्वास गरेको पाइन्न तर बैंकहरुलाई पूर्ण बिश्वास गरेको पाइन्छ, यो पनि गलत बुझाई हो किनकी नेपाल सरकार अर्थ मन्त्रालय अन्तर्गत बीमा समितिको मातहतमा बीमा कम्पनीहरु र नेपाल राष्ट्र बैंकको मातहतमा विभिन्न वर्गका बैंकहरु सन्चालितछन् यिनिहरु नेपाल सरकारको पूर्ण नियन्त्रणमा रहने गर्दछन्।यति हुँदाहुँदै पनि बीमा कम्पनीहरुलाइ विस्वास नगर्ने किन रुबीमा कम्पनीहरुले चुक्ता पूँजी तथा बीमा शुल्क बापत जम्मा भएको रकमको ठूलो हिस्सा समेत नियमअनुसार बिभिन्न बैंकहरुमा मुद्दती खातामा जम्मा गरिएको हुन्छ।यसरी ठूलो रकम बैंकहरुमा जम्मा हुँदा बैंकहरुको निक्षपमा बृद्दि हुनगई उक्त रकमलाई बैंकहरुले कर्जा प्रदान गर्दछन् यसले रकमको पुनः प्रयोग हुन जान्छ। जसको फलस्वरुप उधोगधन्दा फस्टाउने तथा रोजगारीमा वृध्दि हुन जान्छ।यसरी अत्याधिक कर तिरेर तथा छरिएर रहेको स(साना रकमलाई समेत जम्मा गरेर, व्यक्ति ,समाज र सिङ्गो राष्ट्रलाई संबृद्द बनाउन जीबन बीमाले ठुलो भुमिका खेलेको हुन्छ।

संसारमा जीवन बीमा मात्रै एउटा यस्तो कम्पनी हो, जो जन्मिएपछि कहिल्यै मर्दैन वा बन्द हुँदैन साथै जीवन बीमा मात्रै एउटा यस्तो कम्पनी हो, जसमा बीमा गर्ने व्यक्ति,गराउने व्यक्ति, बीमा कम्पनी र सरकार सबै पक्षलाई फाईदा हुन्छ । हामी रोजगारी पाएनौँ भनेर चिन्तामा बस्छौं । तर बीमाबाट राम्रो सँग रोजगारी कसरी सिर्जना गर्न सकिन्छ भन्ने तर्फ बिचार पुर्याउदैनौ । संसारको सबैभन्दा बढी आम्दानी हुने क्षेत्र भनेको जीवन बीमाको रोजगारी हो ।

सरकारले समेत बीमा क्षेत्रलाई प्राथमिकता दिँदै जीवन बीमा गर्ने मानिसलाई आयकरमा निश्चित रकम बराबर छुट दिन थालेको छ । सबै जीवन बीमा कम्पनीहरु नियम अनुसार दर्ता भएर संचालन भएकाछन् , सबैले नियमअनुसार नेपालको पुनर्बमा तथा अन्य देशहरुका पूनर्बीमा कम्पनीमा समेत पुनर्बमा गराएका हुन्छन् । संसारमा अहिलेसम्म कुनै पनि जीवन बीमा कम्पनीहरु भागेको तथा घाटामा गएको इतिहाँस छैन यसको मुख्य कारण पूर्नबीमा तथा सरकारी नियन्त्रण हो । त्यसैले ढुक्क भएर जीवन बीमा गरौ परिवारलाई सुरक्षित राखौ, राष्ट्रलाई संबृद्ध बनाउ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS