IME Life New

जीवन बीमाका माध्यमबाट लाखौँ रोजगारीको सिर्जना गर्न सकिन्छ: राजकुमार दाहाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

पछिल्लो समय ‘रोजगार’ भन्ने शब्द नेपालजस्तो विकासोन्मुख देशका लागि महत्वपूर्ण रहँदै आइरहेको छ। आज हजारौँ मानिस रोजगारको अभावमा देश छोडेर विदेश गइरहेको हामीले देखेका छौँ। देशभित्र रहेका व्यक्तिहरु पनि बेरोजगारको चपेटामा परेको तथ्यांकहरुले देखाइरहेका छन्। बेला–बेलामा गइरहने प्राकृतिक विपत्ति, दुर्घटना, राजनीतिक स्थिति, भाइरल रोगको संक्रमक र देशबाहिर विदेशमा बेला–बेला हुने देश–देशबीचको द्वन्द्वले नेपालको रोजगारको स्थितिलाई प्रभाव पारी नै रहन्छ। यस्तो परिस्थितिले एकातिर व्यक्तिलाई व्यक्तिगत जोखिम हुन्छ भने उसले परिवार र घर चलाउन गरिरहेको रोजगारलाई पनि असर परेको हुन्छ।
यस्तो जटिल परिस्थितिबाट व्यक्ति, परिवार, समुदाय र देशलाई माथि उठाउन जीवन बीमा एउटा महत्वपूर्ण विकल्प हुन सक्छ। जीवन बीमा भनेको भोलि आइपर्ने जोखिमका लागि छुट्याएर राखिने कोष हो। किनभने भोलि के हुन्छ ? कसैले देखेको हुँदैन। मृत्यु, अपांगता, रोग, भोक, वृद्धावस्था भनेको जोखिमपूर्ण अवस्था हो। यस्तो अवस्थामा त्यस व्यक्तिलाई सो बखत धेरै रकमको आवश्यकता पर्छ भने अर्कोतिर जोखिमपूर्ण परिस्थितिले उसले र उसको परिवारले गरी खाइरहेको व्यवसाय वा रोजगारलाई समेत असर परेको हुन्छ। फलस्वरुप सो परिवार नराम्रोसँग आर्थिक चपेटामा परेको हुन्छ।
यस्तो भयावह परिस्थितिको उद्धार गर्ने एकमात्र क्षेत्र भनेको जीवन बीमामात्र हो। मानिसले सुखमा हजारौँबाट सहयोग पाउन सक्छ। किनकि सहयोग लगानी सुखमा फिर्ता पाउने ग्यारेन्टी हुन्छ। तर, दुःखमा सहयोग र लगानी फिर्ता पाउने ग्यारेन्टी नहुने भएकोले मानिसले सो बेला मद्दत गर्दैनन्।
त्यसैले खराब परिस्थितिमा पनि आफू र आफ्नो परिवारको भविष्य ग्यारेन्टी गर्ने भएकोले उक्त व्यक्ति र परिवारका लागि जीवन बीमा एउटा महत्वपूर्ण औजार हुन सक्छ। त्यतिमात्र नभएर आज नेपालमा दसौँ हजार कर्मचारीका रुपमा, लाखौँ अभिकर्ताका रुपमा र करोडौँ जनता लगानीकर्ताका रुपमा यस क्षेत्रबाट लाभान्वित भइरहेका छन्।
आफूले कमाएको पैसाबाट केही पैसा बचाएर बीमामा बचत गरी लगानीकर्ताका रुपमा फाइदा लिएका छन् भने सो बचत रकम अर्को व्यक्तिले व्यवसाय गर्न पुँजीका रुपमा प्राप्त गरी व्यवसाय गरेर आफ्नो परिवारमात्र पालेका छैनन्, लाखौँलाई काम दिएर रोजगार सिर्जना भएको छ।
अतः रोजगारीको सिर्जनाका साथै जीवन बीमा सबै क्षेत्रको विकासको एउटा माध्यम भएकोले यस क्षेत्रको विकासका लागि हामी सबैले आ–आफ्नो ठाउँबाट योगदान दिन जरुरी रहेको छ।
(दाहाल चितवन भरतपुरस्थित रिलायबल नेपाल लाइफ इन्स्योरेन्स हाकिमचोक शाखाका प्रमुख हुन्।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS