IME Life New

जाेखिम व्यवस्थापनः कस्तो जोखिमलाई बीमा योग्य जोखिम मानिन्छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमालाई जोखिम वहन गर्ने वा व्यवस्थापन गर्ने मुख्य साधनको रुपमा लिइन्छ । बीमाले भविष्यमा आइपर्न सक्ने क्षतिबाट जोगिन मद्दत गर्दछ । स‌ंभावित क्षतिका बारेमा पहिल्यै विचार गरी त्यसको उचित व्यवस्थापन गर्नु जोखिम व्यवस्थापन हो । संभावित जोखिमबाट हुनसक्ने हानी नाेक्सानीकाे क्षतिलाई बीमाले व्यवस्थापन अर्थात् पूर्ती गर्न मद्दत गर्दछ ।

न्यूनतम खर्च (बीमा शुल्क) मा आफ्नो सम्पत्ति, आम्दानी, आइपर्ने दायीत्व एवम् कामदारको यथोचित अधिकत्तम सुरक्षाको आर्थिक जिम्मेवारी लिनु नै वास्तविक जोखिम व्यवस्थापन हो । बीमा कम्पनीलाई जोखिमअनुरूप तोकिएको बीमा शुल्क बुझाई बीमायोग्य जोखिम हस्तान्तरण गर्न सकिन्छ । जोखिमलाई बीमाको माध्यमबाट हस्तान्तरण गर्न सकिन्छ । यसै कारण संसारभर बीमा सबैको भराेशा बनेको छ । बीमाले संभावित जाेखिमविरूद्ध आर्थिक सुरक्षा प्रदान गरेपनि सबैखाले जोखिमकाे बीमा गर्न सकिन्छ भन्ने चाहिँ होइन ।

Esewa
Crest

निम्न जोखिमलाई बीमा योग्य जोखिम भनिन्छ ।

घटना अनिश्चित हुनुपर्छ
जोखिम हस्तान्तरण गरिएका पक्षहरूमा घटना हुनसक्ने स‌ंभावना भएपनि याे कहिले हुन्छ, कुन स्तरमा हुन्छ भन्ने अनिश्चित हुनुपर्छ । घटना भइहाले पनि क्षतिकाे कति परिमाण कति हुन्छ भन्ने पनि अनिश्चित हुनुपर्छ । घटना हुने निश्चित नै छ भने बीमा गर्न मिल्दैन । अर्थात् घटना बीमा गर्ने व्यक्ति वा संस्थामा पुग्ने आर्थिक र भौतिक क्षति काबुभन्दा बाहिर हुनुपर्छ ।

जीवन बीमा गर्नेको कुनै एक दिन मृत्यु हुने निश्चित अवस्था देखिए पनि कुन दिन मृत्यु हुन्छ त्यो अनिश्चित छ । तर, जीवन बीमा गर्नेले बीमा गराउँदा तत्कालै आत्महत्याको नियत नराखेको हुनुपर्छ ।

बीमितले क्षति पुर्याउन पाउँदैनः

बीम शुल्क तिरेर बीमा गर्ने व्यक्तिले बीमा गरिएकाे सम्पत्ती वा विषयवस्तुलाई नष्ट गर्ने वा क्षति पुर्याउने नियतले कुनै पनि गतिविध गर्न पाइदैन । अर्थात् आफ्नो सम्पत्ति आफैंले जानीजानी आगो लगाउनु, बिगार्नु र क्षतिपूर्ति माग गर्नु बीमाकाे सर्वमान्य सिद्धान्त विपरित हुन्छ। आफैंले बीमा गरेर आत्महत्या गरेको अवस्थामा पनि बीमा दाबी भुक्तानी हुन नसक्ने अवस्था हो । जीवन बीमा गरेकाे दुई वर्ष पुरा भएपछि आत्महत्या गरेकाे अवस्थामा मात्र बीमा‌ंक रकम दाबी भुक्तानी याेग्य हुन्छ। सवारी दुर्घटनावापत चालकलाई सम्बन्धित प्रहरीले गर्ने जरिवाना रकम बीमाले क्षतिपूर्ति गर्दैन । सवारी बीमामा तेस्रो पक्षप्रति दायीत्वको भने क्षतिपूर्ति हुन्छ ।

मूल्य किटान गर्न सकिने हुनुपर्छ
कुनै पनि क्षतिमा क्षतिलाई नगदमा हिसाब निर्धारण गर्न सकिने हुनुपर्छ अर्थात् मूल्य ताेक्न सकिने हुनुपर्छ । घरमा आगलागी हुँदा, सवारी साधन दुर्घटना हुँदा मर्मत खर्च कति लाग्छ ? सवारी साधन दुर्घटना भई तेस्रो पक्षको मृत्यु भएमा प्रचलित ऐन नियमको व्यवस्थाले कति रकम दिनुपर्छ ? जीवन बीमा गरिएको अवस्थामा मृतक भएको बीमितले इच्छ्याएकाे व्यक्तिले पाउने रकम कति छ?  बीमालेखको रकम कति हो र पाउने क्षतिपूर्ति कति हो ? यस्ता सबै प्रकारका क्षतिलाई नगदमा हिसाब गर्न सक्नुपर्छ । निर्जीवन बीमामा घटना घटेपछि मात्र क्षति मूल्य यकिन हुन्छ। जीवन बीमामा अग्रिम रूपमा नै मूल्य किटान गरिएकाे हुन्छ । मानव जीवनकाे कुनै निश्चित मूल्य नहुने भएकाले बीमितकाे आम्दानीले खाम्ने गरी र उसकाे दायीत्व बहन हुनसक्ने गरी बीमा‌ंक रकम निर्धारण गर्ने प्रचलन रहँदै आएकाे छ।

बीमा गर्दा बीमितले निश्चित बीमशुल्क भुक्तानी गर्नुपर्छ । बीमाशुल्कको निर्धारण धेरै पक्षहरुमा निर्भर हुन्छ । सम्पत्तिमा सुरक्षण गरिने जोखिमको प्रकृति, त्यसमा पर्न सक्ने दायीत्वको सीमा, जीवन बीमाको हकमा बीमा गर्नेको उमेर, स्वास्थ्यस्थिति तथा भुक्तानी फिर्ता हुने अवधिलगायतकाे विश्लेषणका आधारमा बीमाशुल्क निर्धारण गरिन्छ ।

जनहितविरुद्ध हुनुहुँदैन
बीमाको माध्यमद्वारा जोखिम हस्तारन्तरण गरिँदा आइपर्न सक्ने क्षति वा दायीत्व सिर्जना हुने बीमाको विषय वस्तुमा बीमा गर्न प्रस्ताव गर्ने व्यक्तिको आफ्नो बीमायोग्य हित भएको हुनुपर्छ । घटना भएमा हित कायम भएको व्यक्ति वा संस्थाले मात्रै क्षतिपूर्ति पाउनुपर्छ । अन्य व्यक्ति वा संस्थाको सम्पत्ति, आइपर्ने दायीत्व तथा अरूको जीवनमा बीमा गर्न मिल्दैन (कुनै–कुनै अपवाद अवस्था बाहेक) यसलाई बीमायोग्य हितका सिद्धान्त सम्बन्धी शीर्षकमा छुट्टै व्याख्या गरिएको छ ।

सम्झौता विपरितका शर्तः
बीमा गर्दा बीमक र बीमित व्यक्ति वा संस्थाका बीचमा भएको सम्झौताभन्दा बाहिरबाट पुगेको क्षतिको बीमा दाबी भुक्तानी हुन सक्दैन । सवारी दुर्घटना बीमा वा विकास आयोजनाको बीमा गर्दा निश्चित प्रतिशतसम्मको क्षति बीमित आफैले व्यहोर्ने अर्थात बीमा दाबी नगर्ने भनि शर्तनामा गरिएको रहेछ भने ताेकिएकाे सीमाभन्दा बढिको क्षति मात्रै बीमा कम्पनीले भुक्तानी गर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS