IME Life New

जनता बैंकको नाफामा ९०.२५ प्रतिशतको वृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा जनता बैंकले ६३ करोड ४६ लाख ९३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकको यो नाफा गत आवको सोहि अवधिको तुलनामा ९०.२५ प्रतिशतले बढी हो । गत आवको सोहि अवधिमा बैंकले ३३ करोड ३५ लाख ९८ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ४७.८६ प्रतिशतले बढेर १ अर्ब ५८ करोड २१ लाख ७८ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा १ अर्ब ७ करोड २५ हजार रपैयाँ रुहेको थियो । बैंकले ६८ अर्ब ४३ करोड ८४ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ ।

Esewa
Crest

८ अर्ब ७ लाख ८६ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ३ अर्ब ३ करोड ८६ लाख ७६ हजार रुपैयाँ रहेको छ । ६८ अर्ब ४३ करोड ८४ लाख २३ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ६३ अर्ब ६५ करोड १० लाख ३२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

१५ रुपैयाँ ८७ पैसा (बार्षिक) प्रतिसेयर आम्दानी रहेको बैंंकको प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ९८ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS