IME Life New

छोटो समयमा उल्लेख्य प्रगति गर्दै सन नेपाल लाईफ, पुराना कम्पनीलाई चुनौति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्थापना भएको धेरै समय भएको छैन । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले पुराना कम्पनीलाई वित्तीय विवरणका केही प्यारामिटरहरुमा चुनौति दिँदै अघि बढिरहेको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी नेपालको प्रचलित कम्पनी ऐन २०६३ अनुसार दर्ता भई बीमा ऐन २०४९ अनुसार बीमा समितिबाट अनुमति लिई २०७४ साल असोज ६ गते स्थापना भई नेपालको सुगम तथा दुर्गम भेगमा बीमा सेवा प्रवाह गर्दै आएको छ । कम्पनीले देशका विभिन्न भागमा १२८ वटा उपशाखा कार्यालयहरुमार्फत जीवन बीमा सेवा प्रवाह गर्दै आइरहेको कम्पजीले बताएको छ ।

२ अर्ब जारी पुँजी रहेको कम्पनीको एक अर्ब ४० करोड चुक्ता पुँजी छ । कम्पनी निकट भविष्यमा ६० करोड रुपैयाँको आईपीओ निष्काशन गर्ने योजनामा रहेको छ । चार वर्ष पहिले बीमा क्षेत्रमा नयाँ जोश लिएर स्थापना भएको सन नेपाल लाइफले देशका कुना कुनामा गएर बीमा साक्षरता कार्यक्रम सञ्चालन गर्दै, बीमा चेतना प्रवाह गरी बीमा व्यवसाय गर्दै आइरहेको छ । कम्पनीका सिईओ राजकुमार अर्यालका अनुसार सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले हालसम्म २० वटा शाखा तथा १२८ वटा उप शाखा कार्यालय मार्फत आफ्ना बीमितहरुलाई बीमा सेवा प्रदान गर्दै आइरहेको छ ।

Esewa
Crest

सन नेपाल लाइफले नेपाली बीमा बजारमा विभिन्न किसिमका बीमा योजना बिक्री गर्दै आएको छ । कम्पनीले बजारमा सबै उमेरका जन समुदायलाई समेट्ने गरी म्यादी, लघु सयुक्त जीवन बीमा योजना, घातक बीमा, धन लक्ष्मी जीवन बीमा जस्ता बीमा प्रडक्टहरु बिक्री गर्दै आएको छ । म्यादी जीवन बीमा योजना, सामुहिक म्यादी जीवन बीमा योजना, धनधान्य जीवन बीमा योजना, बाल समृद्धि जीवन बीमा योजना, भाग्योदय जीवन बीमा योजना, सन लाइफ इन्डोमेन्ट एस्योरेन्स योजना नवीन आजीवन जीवन बीमा योजना मार्फत लोकप्रिय हुँदै गएको छ ।
कम्पनीको संरचनाः सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो व्यवसाय विस्तारका लागि दक्ष जनशक्ति परिचालनमा जोड दिँदै आएको छ । कम्पनीमा तीन सय ३३ जना कर्मचारीहरु कार्यारत रहेका छन् । कम्पनीको केन्द्रीय कार्यालय, प्रदेश, शाखा तथा उपशाखा समेत गरी कूल चार वटा तहको संरचनामार्फत बीमा व्यवसाय संचालन गर्दै आएको छ ।

वित्तीय अवस्थाः

सन नेपाल लाइफ आफ्नो स्थापनाको चौथो वर्षमा आइपुग्दा नयाँ कम्पनीहरु मध्ये निकै अगाडि छ । कोरोना महामारीका बीचमा पनि सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ४३ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले गत वर्ष ११ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्षमा १० करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको कम्पनीले गत आवमा कोभिडको अबरोधका बावजुद पनि कम्पनीले मुनाफामा बृद्धि गर्न सफल भएको हो ।

कम्पनीले छोटो अवधीमा नै चुक्ता पुँजि जत्रै आकारको जीवन बीमा कोष तयार पार्न सफल भएको छ । कम्पनीको जीवन बीमा कोषमा एक अर्ब २५ करोड रुपैयाँ गत असार मसान्त सम्ममा नै जम्मा गरिसकेको छ भने गत असोज मसान्तसम्ममा एक अर्ब ४० करोड नजिक पुर्याइसकेको छ ।

त्यस्तै कम्पनीले खुद बीमा शुल्क आर्जन पनि बृद्धि गर्न बार्षिक एक अर्ब नघाइसकेको छ । चुस्तदुरुस्त प्रशासन र दक्ष अभिकर्तामार्फत कोरोना महामारीमा लकडाउन तथा निषेधाज्ञामा समेत कम्पनीले डिजिटल माध्यमबाट बीमाको प्रचार गरिरहेको नै छ ।

आगामी दिनमा बीमाको पहुँच बृद्धि गर्न भूमिका खेल्दै बीमा व्यवसाय थप विस्तार गर्ने रणनीतिका साथ कम्पनी अघि बढ्ने सिईओ अर्याल बताउँछन् । पुँजि बृद्धि गर्दै नेपाली बीमा व्यवसायको बलियो खम्बा बन्ने उद्देश्यका साथ अघि बढेको सन नेपाल लाईफ इन्स्योरेन्सले आगामी दिनमा पुराना कम्पनीहरुलाई चुनौति दिने देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS