IME Life New

यूनाइटेड अजोड इन्स्योरेन्सको कृषि तथा पशुपन्छी बीमासम्बन्धी अन्तर्क्रिया सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले कृषि तथा पशुपन्छी बीमासम्बन्धी विषयमा कृषि प्राविधिकहरूसँग अन्तर्क्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीको आयोजनामा चपुरमा सम्पन्न उक्त कार्यक्रममा कृषि तथा भेटेरिनरी क्षेत्रका २५ जना प्राविधिकहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा कृषि तथा पशुपन्छी बीमाको आवश्यकता, बीमा प्रक्रियालगायतका विषयमा छलफल तथा अन्तर्क्रिया गरिएको थियो। कार्यक्रममा यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडका प्रदेश प्रमुख धिरज कुमार शर्मा, वीरगंज शाखा प्रमुख हुलास यादव, कलैया उपशाखा प्रमुख कमल किशोर साह, चपुर शाखा प्रमुख राजेश साह, गौर उपशाखा प्रमुख मुकेश सिंह तथा चपुर उपशाखाका मार्केटिङ प्रतिनिधि प्रभु चौधरीको उपस्थिति रहेको थियो।

Esewa
Crest

कार्यक्रममा सहभागी कृषि तथा भेटेरिनरी प्राविधिकहरूसँग कृषि तथा पशुपन्छी बीमाको प्रभावकारिता, किसानलाई बीमाको पहुँचमा ल्याउने उपाय तथा बीमासम्बन्धी जनचेतना अभिवृद्धिका विषयमा छलफल गरिएको थियो। कार्यक्रमले कृषि तथा पशुपन्छी क्षेत्रमा कार्यरत प्राविधिक र बीमा कम्पनीबीच समन्वय तथा सहकार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS