IME Life New

आइएमई लाइफ छाडेर हिमालयन लाइफमा प्रवेश गर्दै दिनेश अमात्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) दिनेश अमात्यले पदबाट राजीनामा दिएका छन्।

अमात्य आइएमई लाइफमा स्थापनाको वर्ष २०७४ देखि कार्यरत थिए। उनी त्यतिबेला प्रमुख सञ्चालन अधिकृतका रुपमा आइएमई लाइफमा जोडिएका थिए।

Esewa
Crest

अमात्य २०८१ साउनको दोस्रो साता आइएमई लाइफको डीसीईओमा बढुवा भएका थिए। त्यसअघि उनी नायब महाप्रबन्धकका रुपमा कार्यरत थिए।

जीवन बीमा व्यवसायबाट नै बीमा क्षेत्रमा प्रवेश गरेका अमात्यले तत्कालीन सूर्या लाइफ इन्स्योरेन्समा पनि संस्थापनादेखि नै काम गर्ने अवसर पाएका थिए। उनले त्यहाँ २०६५ सालदेखि निरन्तर २०७४ साल असारसम्म काम गरे। उनले सहायक महाप्रबन्धक पदबाट सूर्या लाइफबाट राजीनामा दिएर आइएमई लाइफमा सहायक महाप्रबन्धक पदमा प्रवेश गरेका थिए।

आइएमई लाइफ छाडेर अमात्य हिमालयन लाइफ इन्स्योरेन्समा प्रवेश गर्ने लगभग पक्का भएको छ। हिमालयन लाइफमा पनि उनी डीसीईओ भएर नै जान लागेको बताइएको छ।

अमात्यसँग कार्यालय प्रशासनका साथै बीमालेख विकास, जोखिमांकन, पुनर्बीमा, बीमांकी मूल्यांकन, दाबी व्यवस्थापन, बीमालेख सेवा र समेतमा दुई दशकभन्दा लामो कार्य अनुभव छ। उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS