IME Life New

चौथो त्रैमास रिपोर्ट सार्वजनिक हुन सुरु, आरएसडिसी लघुवित्तको कस्तो आयो रिपोर्ट ?(रिपोर्ट सहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। आरएसडिसी लघुवित्त वित्तिय सस्था (RSDC) ले गत आर्थिक वर्ष ७८/७९ को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजिक गरेको वित्तीय विवरण अनुसार कम्पनीले खुद नाफामा ४८ दशमलव ४५ प्रतिशतको वृद्धि गर्न सफल भएको छ । आर्थिक वर्ष ७७/७८ को चौथो त्रैमाससम्म ९ करोड १० लाख खुद नाफा गरेको कम्पनीले आर्थिक वर्ष ७८/७९ को चौथो त्रैमाससम्म १३ करोड ५२ लाख खुद नाफा गर्न सफल भएको छ ।

खुद नाफामा वृद्धि देखिएसँगै कम्पनीको प्रति शेयर आम्दानी पनि वृद्धि हुँदै १६ रुपैयाँ ७९ पैसा पुगेको छ । समिक्षा अवधिमा प्रति शेयर आम्दानी १२ रुपैयाँ ४४ पैसा थियो ।

Esewa
Crest

८० करोड ५१ लाख चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ९ करोड ५० लाख रहेको छ भने संचित मुनाफा ११ करोड ५३ लाख रहेको छ । जगेडा कोष ४१ दशमलव १८ प्रतिशतले वृद्धि भएको छ भने संचित मुनाफा ३३ दशमलव ९० प्रतिशतले वृद्धि भएको छ ।
सापटी रकम ५१ दशमलव १४ प्रतिशतले वृद्धि हुँदै ४ अर्ब ६४ करोड पुगेको छ भने लघुवित्त कम्पनीहरुलाई गरिने कर्जा प्रवाह ५५ दशमलव ९६ प्रतिशतले वृद्धि भएर ५ अर्ब ४४ करोड पुगेको छ।

आम्दानीको प्रमुख श्रोतमा रहेको खुद व्याज आम्दानी ४६ दशमलव ३६ प्रतिशतले वृद्धि भएर २३ करोड ८२ लाख पुगेको छ भने संचालन मुनाफा करिव ५० प्रतिशतले वृद्धि भएर १९ करोड ३१ लाख पुगेको छ।

कम्पनीको वितरणयोग्य मुनाफा १० करोड ५८ लाख रहेको छ भने प्रति शेयर नेट्वर्थ १२६ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS