IME Life New

चौथो त्रैमासमा साधना लघुवित्तको नाफा घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले ११ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ०.८३ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ११ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २५ प्रतिशत बढेको छ भने जगेडा कोष ३०.७८ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी ३३.५० प्रतिशत, निक्षेप ६०.७० प्रतिशत र कर्जा ६५.१० प्रतिशत बढेको छ।

Esewa
Crest

समिक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १९ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी २३.८६ प्रतिशत बढेको छ। लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा २.६४ प्रतिशत घटेको छ।

यस अवधिमा लघुवित्तको यस्तो आम्दानी ९ रुपैयाँ ४२ पैसा घटेर ३६ रुपैयाँ १५ पैसा सीमित भएको छ। यस अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३०.१८ गुणा रहेको छ भन प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ७० पैसा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS