IME Life New

ग्रीन डेभलमपमेण्ट बैंकका ग्राहकले पोखराको अन्नपूर्ण केवलकारमा छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्रीन डेभलमपमेण्ट बैंकका ग्राहकले पोखराको अन्नपूर्ण केवलकारमा छुट पाउने भएका छन् । बैंक र अन्नपूर्ण केवलकार बीच सम्झौतापत्रमा हस्ताक्षर भएपछि ग्रीन डेभलपमेन्ट बैंकका ग्राहकले अन्नपूर्ण केवलकारमा छुट पाउने भएका हुन् ।

सम्झौता वमोजिम ग्रीन डेभलपमेण्ट बैंकका ग्राहकहरुले आफ्नो एटिएम कार्ड वा मोवाईल वैंकिङ्गमार्फत् भुक्तानी गर्दा केवलकारको टिकट रकममा १० प्रतिशत छुट पाउने भएका हुन् ।

Esewa
Crest

उक्त सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्य र केवलकार कम्पनीका तर्फबाट कम्पनीका महाप्रवन्धक दिनेश पौड्यालले हस्ताक्षर गरेका छन् ।

ग्रीन डेभलपमेन्ट बैंकले हाल कास्की, वागलुङ, म्याग्दी, तनहूँ र नवलपुरमा गरी कुल १६ वटा शाखा कार्यालयहरुमार्फत् सेवा दिँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS