IME Life New

गौरवीले पाइन १८ लाखको शिक्षा बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पाँच महिना अघि मात्र जन्मेकी गौरवी खड्काले १८ लाखको शिक्षा बीमा उपहार पाएकी छन । रामेछापको सुनापती गापा–४ हाल काठमान्डौै स्थित गोठाटार बसोवास गर्दै आएका इन्द्र बहादुर खड्का र रस्मी थापा दम्पतीले १८ लाखको शिक्षा बीमा उपहार छोरीलाई प्रदान गरेका हुन ।

बाराको जीतपुर स्थित सुर्य ज्योती लाइफ इन्सोरेन्सबाट १८ लाखको २० वर्षे सुनौलो भविष्य बाल जीवन बिमा उच्च शिक्षा खर्च व्यवस्थापनको लागि खरिद गरि उपहार दिएको रस्मी थापाले बताइन । फाइनेन्स अफिसर समेत रहेकी रस्मी थापा छोरी जन्मेको पाँच महिनाको अवसर पारी बिमा गरेकी हुन । जोखिम बहन सहित बचत र व्यवस्थापन बीमा नै रहेको थापा बताउन्छिन ।

Esewa
Crest

छोरीको उच्च शिक्षा तैयारीको लागि बचत गर्ने बानीको सुरुवात गर्न पाउँदा इन्द्र बहादुर खड्का समेत खुसी देखिन्छन । खर्च त जलेपनि गर्न सकिहाल्नछ नी, बचत गर्नु त्यसमा पनि बच्चाको शिक्षाको लागि तैयारी गर्नु चानचुने कुरा नरहेको खड्का बताउन्छन ।

सुर्यज्योती सुनौलो भविष्य बाल जीवन बिमा योजनामा एउटै बिमालेखबाट आमा–छोरीको जोखिम बहन, १८ घातक रोग विरुद्वको रक्षावरण, दुर्घटना लाभ सुविधा, किस्ता छुट सुविधा, मासिक आय सुविधा सहितको सुविधाहरु रहेको शाखा प्रबन्धक राजु साह कानुले बताए । गौरवीको उच्च शिक्षामा यो बिमा योजना महत्वपुर्ण भुमिका खेल्ने साहले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS