IME Life New

गाउँगाउँमा बीमा सचेतना जगाउन नगर प्रमुखको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा मधेश प्रदेशको सप्तरी जिल्ला, कञ्चनरुप नगरपालिकामा बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि कञ्चनरुप नगरपालिकाका प्रमुख ललन प्रसाद गुप्ताले बीमा गरेपछि क्षति भएमा बीमा कम्पनीबाट क्षतिपूर्ति पाउने भएकाले जीवन तथा घर, सम्पत्ति, सवारीसाधन, कृषिबाली र पशुपन्छीहरुको बीमा गरेर ढुक्क हुन सबैलाई आग्रह गरे ।

Esewa
Crest

प्रमुख गुप्ताले गाउँ गाउँसम्म बीमा सम्बन्धी जानकारी गराउने दायित्व जनप्रतिनिधिहरुको समेत भएकाले बीमा सचेतना अभिवृद्धिका लागि भूमिका निर्वाह गर्न वडा अध्यक्ष तथा सदस्यहरुलाई आग्रह गरे ।

नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले नगरपालिकाभित्रका साना तथा ठूला घरहरुको बीमालाई अनिवार्य गरी आर्थिक सुरक्षण गर्न आग्रह गरे ।

कार्यक्रममा सहभागीहरुले जग्गाधनीले नभई जग्गा भाडामा लिएर खेती गर्ने कृषकहरुले नै कृषि बीमाको दाबी भुक्तानी पाउने व्यवस्था गर्न आग्रह गर्दै बीमा कम्पनीहरुले बीमा दाबी भुक्तानी दिन आनाकानी गर्ने गरेको, साना दाबी भुक्तानी पाउन पटक पटक धाउनुपर्ने बाध्यता रहेको, बीमाका बारेमा जानकारी नपाएको, कृषि तथा पशु बीमा गर्न बीमा कम्पनीहरु गाउँमा नआएको लगायतका गुनासो राखेका थिए ।

नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका सहायक निर्देशक टेकराज पाण्डेयले संचालन गरेको कार्यक्रममा कञ्चनरुप नगरपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरु, कृषक, बीमा, बैंक र वित्तीय संस्थाका शाखा कार्यालयका प्रतिनिधि, महिला समूहका प्रतिनिधि, बीमा अभिकर्ता लगायत गरी करिव ९० जनाको सहभागिता रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS